स्कर्टिङ विवादपछि झझप, प्रहरी हवल्दारको मृत्यु

Hawaldar

बर्दिया- आन्दोलनकारीको आक्रमणबाट प्रहरी हवल्दार देवबहादुर पाण्डेको ज्यान गएको छ। प्रहरीले गाडी स्कर्टिङ गरेर लैजाँदै गर्दा  बर्दियाको मैनापोखरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। सोही क्रममा पाण्डे घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुर्‍याइए पनि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए।

काठमाडौंबाट आएको दुई यात्रुबाहक बसलाई सुरक्षाकर्मीले स्कर्टिङ गरेपछि उत्पन्न विवादले दुई पक्षबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन्। शुक्रबार बिहान निर्धारित कार्यक्रम अनुसार थरुहटका कार्यकर्ताहरु मैनापोखर बजारमा प्रदर्शन गर्दै थिए। सुरुमा उनीहरु थोरै थिए। प्रदर्शन शान्तिपूर्ण थियो। बिहान करिब साढे ७ बजे काठमाडौंबाट हिँडेका दुई रात्रीबस नेपालगन्ज हुँदै बर्दियाको सदरमुकाम गुलरिया जान अाइपुगे। आन्दोलनकारीले ती बस मैनापोखरमा रोके। करिब डेढ घण्टासम्म प्रहरी र आन्दोलनकारीबीच विवाद भयो,’ एक प्रत्यक्षदर्शी भन्छन्।

इलाका प्रहरी कार्यालय मैनापोखरले रोकिएको बस चौकीमा सुरक्षित राख्न अनुरोध गरिरहेको स्थानीयले बताए । तर आन्दोलनकारीले भने बस सडकमै राख्नु पर्ने अडान लिए। ‘बिहान करिब १० बजे सदरमुकाम गुलरियाबाट दुई ट्रक सुरक्षाकर्मी घटनास्थल आइपुगे। उनीहरुले रोकिराखकेका बस स्कर्टिङ गरेर लगे। इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी एक्ला भए । आन्दोलनकारीहरु इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतसँग आक्रोशित भए।

तस्बिर : अर्जुन ओली

Leave a Reply

Your email address will not be published.