महानगरीय प्रहरी अपराध महाशाखाले आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाविरुद्ध चार आरोपमा अनुसन्धान थालेको छ। महाशाखाका अनुसार शेर्पामाथि कैलाली टिकापुर घटनासम्बन्धी १३ रहस्य भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत् सुरक्षा निकायबीच फाटो ल्याउने दुस्प्रयास गरेको आरोप छ।
दोस्रोमा विभिन्न जातजाति, सम्प्रदायबीच सुमधुर सम्बन्धमा खलल पार्ने काम गरेको, वर्गीय, जातीय र क्षेत्रीय रुपमा घृणा, द्वेश, अपहेलनासहित सामाजिक सद्भाव बिथोल्ने नियतले सामाजिक सञ्जाल दुरुपयोग गरी अनर्गल, निराधार र अप्रामाणिक तथ्य सम्प्रेषण गरेको तथा समाजमा नकारात्मक प्रभाव पार्ने कार्यमा संलग्नताको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।
महशाखाले शेर्पालाई बुधबार बौद्धबाट पक्राउ गरेको थियो। विद्युतीय माध्यम प्रयोग गरी भ्रम फैलाएको आरोपमा प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार कारबाहीका लागी बिहीबार महानगरीय प्रहरी पसिरस काठमाडौं पठाएको छ।
शेर्पालाई काठमाडौं जिल्ला अदालतमा पेस गरी विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धानका लागि चार दिन न्यायिक हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान अघि बढाएको परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए। उनीविरुद्धको अभियोग अदालतमा पुष्टि भए अधिकतम पाँच वर्ष कैद सजाय हुनसक्छ।
Pahila Sher bahadur, Bhim rawal, Bam dev jasta lai yasta araop layera karbahi gar sena ani balla sojha adibasi haruka neta lai arop laga.
Aru aarop t j bhae ni 13 rahasya khulaunu t kunai apraadh hain praharile medialai daman gare birodhi paksyalai saghaudai janta maarma xan prasasan aafno apraadh kin lukaaeka holan
Yo bidhutiya en janajatilai matra lagxa ho? Janajati ho bhannelai goli thok bhandai samjik sanjal chhyap chhyapti huda ra ajhai lekhnelai bidhyutiya en aru en lagdaina ra yesto le chahi samjik sadbhab badauxa ho? Jawab de nalayak sarkar. Hamro andolan jari xa.