थारु अगुवाको प्रश्न- नेपालका मानवअधिकारवादी जात विशेषका छन् ?

manab-adhikar-aayog-at-Bara

सन्तोष दहित/दाङ

थारु समुदायको जनसंख्यालाई टुक्र्याउनु नै मानवअधिकारको हनन् भएको थारु अगुवाहरुले बताएका छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङको र राष्ट्रिय मानवअधिकार आयोगबीच भेटघाट तथा छलफल कार्यक्रममा बोल्ने थारु अगुवाहरुले यस्तो बताएका हुन्।

राज्यले आफूहरुको जनसंख्यालाई टुक्रा टुक्रा पारिनुको साथै मौलिक अधिकारबाट समेत वञ्चित गरिएको उनीहरुले बताए। आफ्नो अधिकारको लागि शान्तीपूर्ण आन्दोलन गर्न सबैलाई अधिकार भएपनि थारुलाई त्यो अधिकारबाट पनि वञ्चित गराई उल्टै थारु समुदायलाई राज्यले दमन गरिरहेको उनीहरुको भनाई थियो।

थारुको शान्तिपूर्ण आन्दोलनमा प्रशासनको आडमा अन्य समुदायलाई परिचालन गरी जातीय दंगा मचाउने खालको काम भइरहेको पनि थारु अगुवाहरुले आरोप लगाए। कैलालीको टीकापुरमा भदौ ७ गते भएको घटना दुःखद भएपनि भदौ ८ गतेको घट्ना त्योभन्दा भयानक भएको थारु अगुवाहरुले बताए।

‘नेपाली सेना, जनपद, सशस्त्र प्रहरीको अगाडि थारु वस्तीमा आगो लगाउनु, थारु समुदायका मानिसलाई कुटपिट गर्नुजस्ता कार्यले पनि जातीय दंगा मचाउने काम भइरहेको स्पष्ट हुन्छ,’ थारु अगुवाहरुको भनाई थियो। थारु समुदायको शान्तीपूर्ण आन्दोलनलाई कसरी दमन गर्ने र कसरी जातीय दंगा मचाउने भन्ने काम राज्य निकायबाट नै भइरहेको उनीहरुले औंल्याए।

सेना, जनपद, सशस्त्र प्रहरीहरु अगाडि थारु बस्तीमा आगो लगाउने, थारु समुदायको सञ्चारमाथि आक्रमण गर्ने, थारु समुदायका मानिसलाई कुटपिट गर्नेलाई सुरक्षा दिने, जो आफ्नो अधिकारको लागि शान्तीपूर्ण आन्दोलन गरिरहेको छ, तिनीहरुमाथि स्थानीय प्रशासनले रातदिन दुःख दिइरहेको बताए।

‘जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीले नै अपहरणकारी शैलीमा राति १२ बजे थारु बस्तीमा छिरेर थारुलाई अपहरण गर्ने काम भइरहेको छ, तर यस विषयम मानव अधिकार आयोग किन चुप लागेर बसेका छ, यो कस्तो मानवअधिकार हो?’ मानवअधिकार आयोगको टिमलाई थारु अगुवाहरुले प्रश्न गरेका थिए।

दाङमा आयोजित कार्यक्रममा यो देशका अरु नागरिक जसरी बाँचिरहेका छन् त्यसरी नै थारु समुदायले पनि बाच्न खोजिरहेका थारु अगुवाहरुले बताए। मानवअधिकार जात विशेष नभएर सबै जातजति, वर्ग, लिङ् लगायत नेपाली नागरिकलाई समान व्यवाहर, समान मानवअधिकारको प्रत्याभूति दिलाउन उनीहरुले माग गरे।

यसैबीच कैलालीको टीकापुरमा भएको घट्ना जतिसक्दो छिटो अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउनुपर्ने थारु अगुवाले बताए। आफ्नो मागलाई सम्बोधन गराइदिन राज्य पक्षसँग पहल गरिदिन राष्ट्रमानव अधिकार आयोगका टिमालाई आग्रह गरेका थिए।

थारु अगुवा तथा नेता इन्द्रजीत थारुले शान्तिपूर्ण आन्दोल गर्न जोकोहीलाई पनि अधिकर भएको र थारु समुदायले आफ्नो अधिकारको लागि शान्तीपूर्ण आन्दोलन गरिरहँदा स्थानीय प्रशासनले दमन गरिरहेको बताए। आफूहरुको मागलाई सम्बोधन गर्नुको साटो शान्तिपूर्ण आन्दोलनमा दमन गरी आन्दोलनकारीलाई प्रशासनले नै उत्तेजित बनाइरहेको चौधरीले बताए।

दाङम कुनै पनि अप्रिय घटना नघटेपनि असुरक्षाको कारण देखाउँदै दंगाग्रस्त क्षेत्र घोषणा गरी स्थानीयलाई त्रसित बनाउने मात्र काम भइरहेको चौधरीले आरोप लगाए। दाङमा सेना परिचालन गर्नुपर्ने कुनै आवश्यक्ता नरहेको र यस्तो निर्णय तुरुन्त फिर्ता गरी आफूहरुको मागलालई सम्बोधन गर्न मानवअधिकार आयोगलाई चौधरीले अनुरोध गरे।

थरुहट/थारुवान संयुक्त संघर्ष समिति दाङका संयोजक एवं थारु कल्याणकारिणी सभा दाङका सभापति तेजबहादुर चौधरीले आफूहरुले दाङमा शान्तिपूर्ण आन्दोलन गरेपनि प्रशासनले पेल्न खोजेको बताए। साउन २७ गतेदेखि सुरु गरिएको आन्दोलनमा अझैसम्म कुनै अप्रिया घटना नघटेको राष्ट्रिय मानव अधिकार आयोगका टिमलाई जानकारी गराए।

शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनले गाउँका थारु समुदायलाई पनि दमन गरिरहेको चौधरीले बताए। दाङको कुनै पनि ठाँउमा अलि थेप्चा र काला अनुहारका मानिसलाई देख्नासाथ यिनै थारु समुदायका मानिस हुन भन्दै प्रशासनले धरपकड गर्ने, ग्वाला गएका वृद्धवृद्धालाई लाठीसहित आन्दोलन गर्न गइरहेका भन्दै ग्वाला गएका मानिसको हातबाट लाठी बरामद गर्ने अनि आन्दोलनकारीसँग लाठी बरामद गरेको भन्दै गलत प्रचार र आन्दोलनकारीलाई उत्तेजित बनाउन खोजेको चौधरीको भनाइ थियो।

आन्दोलनमा स्कूल खोलेको भएपनि स्थानीय प्रशासनले नै स्कुल बन्द गराई बालबालिकाको पढ्न पाउने अधिकार वञ्चित गरेको चौधरीले बताए।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य तथा प्रवक्ता मोहना अंसारीले आफ्नो अधिकार पाउन शान्तिपूर्ण आन्दोलन गर्न सबैलाई अधिकार रहेको बताइन्। तर, आफ्नो अधिकारको नाममा अरुको अधिकारलाई पनि ख्याल गर्नुपर्ने अन्सारीको भनाइ थियो।

कार्यक्रममा थारु समुदायले उठाउँदै आएको मुद्दालाई प्राथमिक्ताका साथ आयोगको तर्फबाट राज्यलाई पनि जानकारी गराउने र स्थानीय तहमा सहज वातावरण बनाउ स्थानीय प्रसशानलाई आफूले सक्दो पहल गर्ने अयोगका प्रवक्ता अन्सारीले प्रतिवद्धता जनाइन्।

कार्यक्रममा थारु गैससका श्रमलाल चौधरी, थहरुट/थारुवान संयुक्त संघर्ष समितिका सदस्य शरण थारु, थारु थारु प्रजातान्त्रि संघका केन्द्रीय अध्यक्ष लक्षिमान चौधरी, प्याव्सन दाङका अध्यक्ष यादव गिरी, थारु पत्रकार संघमा मध्यपश्चिम इन्चार्ज सन्तोष दहितलगायतले आफ्नो धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published.