लोककथामा आधारित नाटक ‘हिट्‍वा’ काठमाडौंमा मञ्चन [फोटो-भिडियो]

थारु लोककथामा आधारित नाटक हिट्‍वा काठमाडौंमा मञ्चन गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक सर्वनाम थिएटरमा मञ्चन गरिएको थियो। नाटकलाई दुई सयभन्दा बढी दर्शकले हेरेका थिए। सुशील चौधरीले लेखेको नाटकलाई झकेन विसीले निर्देशन गरेका छन्। नाटकलाई शान्तिका लागि युवा सञ्जाल र सैडान नाट्य समूह राजापुरले निर्माण गरेका हुन्।

भिडियो हेर्नुस्

थारु समुदायको यो लोककथा प्रचलित छ। कथामा हिट्‍वा मुख्य पात्र हुन्छन् । एकदमै सोझो र इमान्दार हिट्‍वाको राजकुमारी हस्तक्वारीसँग प्रेम बस्छ । त्यही प्रेम सम्बन्धको उतार चढावलाई हिट्‍वा नाटकमा प्रस्तुत गरिएको छ । यो नाटक थारु समाजको प्रतिविम्बको रुपमा चित्रण गरिएको लेखक सुशील चौधरीले बताए ।

नाटकमा शिवानी चौधरी, चन्द्रप्रसाद चौधरी, निरज चौधरी, रमेशकुमार चौधरी, पारु थारु, उषा चौधरी, हीरा थारु, दीपक सिंह थारु, विमल थारु, हीरामोती चौधरी, मुस्कान थारु, संगीता चौधरी र रुपक चौधरीको अभिनय हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.