यो देशका थारुहरु तराईका भूमिलाई मानवबस्तीयोग्य बनाउनका लागि दाङ, बाके, बर्दिया, कैलाली र कन्चनपुरलगायतका तराईका समथर भूभागलाई मानव बस्तीयोग्य बनाउनुभन्दा अगाडिदेखि थारु बस्ती थियो। धर्तीपुत्र थारुहरु उक्त क्षेत्रलाई बस्तीयोग्य क्षेत्रको रुपमा परिणत गरिरहँदा तत्काल अवस्थामा देखिएका खतरनाक महामारी रोगहरु औँलो, मलरिया, विफरलगायतका रोगसँग बाँच्नका लागि घोङी, गंगटा, जाडमाड खाएर ती रोगसँग लड्दै उक्त भूमिमा हाम्रा हजारौं पूर्खाले आफ्नो प्राणाको आहुति दिए। रगत पसिनाबाट सिञ्चित गरी मानव बस्तीयोग्य बनाएका हुन्।
उक्त क्षेत्रमा अन्य जातका मानिस बस्न आउनासाथ केही समयमा मर्ने गरेको देख्ने र भोग्ने हाम्रा केही अग्रजहरु अझै जिवितै छन्। यसरी थारुले नै उक्त क्षेत्रलाई आफ्नो रगतबाट सिञ्चित गरेको उक्त भूमिमा थारुको रगतसँगको सम्बन्ध छ भन्ने कुरा सबैमा सर्वविदितै छ।
यही इतिहासलाई साक्षी मानेर थारु जातीय राज्य होइन, ऐतिहासिक पहिचानसहितको आफ्नो समाजलाई मिलाएर बस्न मिल्ने भूभाग मात्र मागेको हो, हजारौं थारुले यस धर्तीमा दिएको प्राणको आहुती, रगत पसिनाको मूल्य, साथै यो देश हालः ऐतिहासिक पुनरसंरचनाको संघारमा उभिएको अवस्थामा जसरी थारुउपर विगतका राज्यसत्ताले आर्थिक, सामाजिक सांस्कृतिक राजनीतिक, भाषिक शोषण, दमन र उत्पीडन गर्यो त्यसबाट समग्र मुक्ति चाहन्छ। जस्तो, थारुलाई आफ्नो भाषामा पढ्न लेख्न र सरकारी सेवामा प्रवेशका लागि प्रतिस्पर्धाबाट वञ्चित गरी भाषा लाद्ने काम भयो, नेपाल सरकारले स्थानीय स्वयत्त शासन ऐन लागू गरेर बडघर, भलमन्सा, भूइहार, चिराकीलगायतका ऐतिहासिक पराम्परा रीतिरिवाजमाथि धावा बोल्ने काम भयो, यतिमात्रै होइन, धर्तीपुत्र थारुबाछ आफ्नै रगतको साइनो गाँसेका जमिनहरु तत्कालीन राज्यसत्ताका राजा रजौतालगायत केही सिमित व्यक्तिको निहित स्वार्थका कारण चाहे, विर्ताको नाममा चाहे जमिन्दारी प्रथाको नाममा जसरी थारुलाई आफ्नै भूस्वामित्वबाट वञ्चित गरी भूदास, कमैया, कमलरी वक्रही, भैसवार, क्षेग्रहवा गैयरवा बनाउँदै भूदास, श्रमदास मात्रहोइन यौनदासी समेत बनाउने जो यथार्थ छ यी सबै शोषण दमन, उत्पीडनबाट मुक्तिका लागि गरिएको आन्दोलन हो।
हालः थारुले गरिरहेको आन्दोलनका दौरान घटेका केही दुःखद घटनाप्रति गहिरो दःख व्यक्ति गर्दै उक्त घटनालाई लिएर सिंगो आन्दोलन र सिंगो थारु समुदायलाई जातीय साम्प्रदायिकता भड्काउने जातको रुपमा चित्रण गर्न खोजिएकोप्रति दःख व्यत्क गर्दै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी, प्रहरी प्रसाशन, शासक प्रशासक बौद्धिक प्रबुद्धवर्ग, नेता राजनेतालगायत सबैमा अपिल गर्न चाहन्छु। थारुको आन्दोलन कुनै जाति, समुदाय, समाज, क्षेत्र लिंग धर्म संस्कार संस्कृति रीतिरिवाज परम्पराविरुद्धको आन्दोलन होइन। यो केवल पहिचान र अधिकारका लागि भइरहेको आन्दोलन हो। थारु समुदाय सबै जातजाति भाषाभाषीलाई मिलाउन र मिलि बस्नसक्ने समुदाय हो। समाजविरोधी, साम्प्रदायिकता भडकाउने, प्रहरी प्रशासन सैनिकविरोधी कदापि होइन, हुनसक्दैन।
लेखक अधिवक्ता हुन्।
Tharu prati sadhbhawana rakhchu.Tara k Rajya le Tharu prati matrai tyaso hunagayeko ho ki janajani tyasai gareko ho? Aru jati le pani tyasatai andolan Gare bhane Desh kati tukra ma puryaune?ki Tharu Lai special group ma Rakhi education ra anya subidha dine ho ki Baru. J hos andolan le Sahi marga kholos
Dhanyabad!!!
ma manxu tharu lai kuro sahi ho. but yaha yasto kurar rw aatankkari ghatana ghatiraa xa? yasko jimma kasle line? yadi tharule yosab gareko hoenaa vane kina chupchap baserw aandolan matra garirakheko xa? yo ghatana kasle kina gardai xa tw ? tharule hoena yasto chahadaina aafno pahichan sahita ko sabai milerw basne pardes khoje ko re ? yo kun tarika ho?