नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले सङ्घीय प्रदेश सीमाङ्कनका विषयमा देखिएको विावाद वार्ता र छलफलका माध्यमबाट टुङ्गो लगाउन सकिने बताउँदै आन्दोलन छाडेर वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्।
नेता चौधरीले विज्ञप्ति जारी गरी नेपाली नेपालीबीचको सदियौँदेखि भाइचाराको सम्बन्ध कायम राख्दै सम्पूर्ण समस्याको समाधानको विकल्प वार्ता र संवाद नै भएको बताए।
उनले सदियौँदेखि पहाडी समुदायसँग भाइचाराको सम्बन्ध राख्दै बसोबास गर्दै आएका थारू र मधेसी समुदायका नागरिकबीच अहिले पछिल्ला दिनमा भएका गतिविधिले साम्प्रदायिक विद्वेष फैलाउने र सामाजिक सद्भाव बिथोल्ने किसिमका घटनाले संविधान निर्माणमा नै बाधाव्यवधान उत्पन्न हुने खतरा औंल्याए।
विज्ञप्तिमा भनिएको छ- ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेका बेला आफ्ना माग सुनुवाइ नहुँदा आन्दोलन हुनु स्वाभाविक भएको तथ्यलाई पार्टी नेतृत्वले सहजतापूर्वक लिँदै खासगरी थारू, मधेसी, महिला, दलित मुसलमान समुदायसँग विगतमा भएका सहमति र सम्झौता तथा जायज मागलाई राजनीतिक रुपमा सम्बोधन गरियोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’
थारूले आफ्ना माँगको लागि आन्दोलन गर्दा कहाँ लुक्नु भएको थियो उमाकान्त जी ?
umakantjee tharuko namma gaddarneta hunuhunxa,tharu ko hakh adhikarka lagi ladnu parne ma ultai bahun chetrri ko puchara samatera basnu bhako xa . Yadi sahi tharu putra hunuhunxa bhane kangres pati xodera andolann ma aunus …………
थारुहरु को भोटले तपाई हरु सिर्सदल नेपाली कांग्रेस एमाले मौबदी का नेताहरु थारुहरु को मुद्धामा केहि गर्छु भनेर जितेका तर अहिले थारु हरु को हकहित अधिकार संघियेता को सम्बन्ध मा सबै अधिकारलाई कटौती गरि संबिधान जारी गर्छु . कैलाली टिकापुर घटना सुनुयोजित तरिका ले थारु हरु को दमन गरैरहनुभाको छ . पहिला हाम्रा थारु जो अहिले हिरासत मा छ उनीहरुलाई रिहा गराउनुछ कर्फुको नाममा भएका छाती राजेयादोवारा सम्बोधन गरौनुस अनि वार्ताको लागि भन्नुस