भौतिक कारबाही गर्ने लेखीको अभिव्यक्तिप्रति थारु आन्दोलनकारी नेताकै आपत्ति

Raj Kumar Lekhi-2

शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने राजकुमार लेखीको अभिव्यक्तिप्रति आन्दोलनकारी नेताहरुले आपत्ति जनाएका छन् । पूर्वी थारुवान कोचिला संघर्ष समितिले लेखीको धारणा व्यक्तिगत भएको बताएको छ ।

समितिका कोचिला संयोजक एवं पूर्व सभासद सन्तोष थारुले जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘सुनसरीको खनारमा भएको जनसभामा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले ‘शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्छु’ भनी दिएको अभिव्यक्ति नितान्त व्यक्तिगत हो र यो खेदपूर्ण छ ।’

लेखीको अभिव्यक्तिसँग थरुहट/थारुवान संघर्ष समितिको कुनै सम्बन्ध नभएको समेत थारुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.