टिकापुरमा नेपाली सेनाद्वारा थारुहरुको घरमा छापा

tikapur suspect 02

कैलालीको घटनापछि परिचालन भएको नेपाली सेनाले टिकाप’रमा गस्ती गरिरहेको छ । पहिचानसहितको स्वायत्त थरुहट प्रदेशको माग राखी गरिएको आन्दोलन हिंसामा परिणत भएपछि नेपाली सेना परिचालन भएको थियो । सोमवारको घटनापछि दङ्गाग्रस्त क्षेत्र घोषाणा गरी परिचालन भएको नेपाली सेनाले थारुहरुको बाक्लो बस्ती भएका क्षेत्रहरुमा छापा मारिरहेको बताइएको छ ।

नेपाली सेनाको टोलीले कैलाली जोशीपुर गाविसमा थारुहरुको घरघरमा छापा मारिरहेको छ । त्यस क्रममा थारु युवाहरुलाई नियन्त्रणमा लिएको स्थानीय संवाददाताहरुले जानकारी दिएका छन् ।

अहिलेसम्म पाँच जना युवाहरुलाई पक्राउ गरिएको जनाइएको छ । तर नाम खुल्न सकेको छैन । नागरिकहरु आतंकित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.