टीकापुर घटनामा फोरम लोकतान्त्रिकका नेतासहित दस जना पक्राउ

tikapur suspect 01

कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् । प्रहरीले फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षका रामप्रसाद चौधरीलाई पक्राउ गरेको हो ।

यस्तै जोशिपुर–४ बस्ने ३५ बर्षीय सुन्दरलाल चौधरी, ५५ बर्षीय खड्क बहादुर चौधरी, दरख–६ नारायणपुर बस्ने १७ बर्षीय राम जनम चौधरी, मनुवा–१ बस्ने २० बर्षीय राम कुमार खठरीया, २७ बर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिल बहादुर चौधरी, २४ बर्षीय राजकुमार कठरिया मनुवा–४ बस्ने २२ बर्षीय हरि नारायण चौधरी र भजनि–५ बस्ने ४१ बर्षीय प्रेमबहादुर चौधरी पनि पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।

Comments are closed.