विचरा ! ऊ सोझालाई किन दोष लाउँछौं?

Journo Kamala Chaudharyकमला चौधरी

के खाइदिएको थियो र उसलाई दोष लाउँदै छौं? न तिम्रो घरमा खाना गयो, न तिम्रो घाटा हुने काम गरिदियो, न तिम्रो जमिनमा सुत्न गयो, न तिम्रो जमिनलाई हडप्यो। बस् बस्यो त आफ्नो सानो झुपडीमा। आफ्नो खेतमा, जमिनमा।

तिम्रो घर रेखदेख गर्ने, तिम्रो खेत जोत्ने, तिम्रो जग्गा जमिनको रक्षा गर्ने, तिम्रो हरेक आज्ञाको पालना गर्नेले कसरी मार्ने दुस्प्रयास गर्छ सोच त एक पटक। दिनभर खेतमा पसिना बगायो। खेतमै हरिया बाली उव्जाएर तिमीलाई पाल्ने विचरा ऊ सोझालाई किन दोष लाउँछौं?

त्यत्तिका वर्ष तिमीले दास बनाएर राख्यौ तर पनि ऊ चुपचाप तिम्रो दासी बनेर सह्यो तिम्रो भलो हुने काम गर्‍यो तर उसलाई अहिले चोट लाग्दा सहयोग दिनुका सट्टा उल्टै दोष लाउँछौं?

एउटा हातले ताली बज्दैन भन्ने तिमी हामीलाई पनि थाहा भएकै कुरा हो। तिम्रो दुःखमा जहिलो ऊ हातेमालो गरिरह्यो तर अहिले उसलाई दुःख पर्दा उल्टै दोष लाउँछौं?

बुद्धका सन्तान हुन् थारु। थारुहरुलाई हत्या, हिंसा गर्नु हुँदैन भनेर थाहा राम्रै थाहा छ। कहिले सुनेका थियौँ र थारु समुदायले खोसेर जबरजस्ती अरुको भाग लिएको। देखेछौ भने प्रमाण देखाइदेऊ। त्यसै त्यसै आरोप लगाउन पाउँदैनौं।

सदियौँदेखि तराईका फाँटहरुमा बसोबास गर्दै आएका थारु समुदाय पनि तिमी जत्तिकै स्थान पाउन चाहेको हो। सधैँ तिमीले मात्रै खाएर हुँदैन यो कुरा बुझ्नु जरुरी छ तिमीले। बुद्ध जन्मेको देशमा बसिरहेका छौँ। बुद्ध अहिंसाका पक्षमा थिए भन्ने कुरा नेपाली किताबमा पढेकै हुनुपर्छ। तर पनि निर्दयी रहेछौँ तिमलाई त्यो कुरा पचेन। नेपाली तिमी हौँ विचरा ऊ पनि त नेपाली हो नि होइन र? सायद हिजो त्यो कुरा तिमीले बिर्सियौ। त्यसैले यस्तो दंगा भयो। परिणामस्वरुप तिमीले आफ्नै दाजुभाइलाई धारिलो हतियारले छप्कायौँ। विचरा ऊ सोझालाई के दोष लाउँछौँ?

देशमा संघीयता आओस् देशको विकास भएको जसले पनि चाहन्छ। देश विकास भएपछि न देशका जनताले सुख उपभोग गर्न पाउने हुन्। सरकारले सबैलाइ वर्ग समुदायलाई समेट्ने गरी प्रदेशको नामाकरण गरेको भए सायद यस्तो गति देख्नु पर्दैनथ्यो होला। तराईका भूमिपुत्र मानिने थारु समुदायले के नै ठूलो अमूल्य बस्तु मागेको थियो र? तिमीले दिएनौँ। अन्ततः यस्तो मोड आयो। विचरा ऊ त सोझो किन दोष लाउछौँ?

२०६२/६३ सालको जनआनदोलनमा माओवादीले उसलाई प्रयोग गर्‍यो र आफू सत्तामा पुग्यो। त्यत्ति बेला हजारौ नेपालीको एक चिहान भयो त्यत्ति बेला कसैले आरोप लगाएनन् त। तर अहिले पहिचानको लागि आन्दोलन गर्दा उसलाई किन दोष लाग्दैछौँ?

त्यत्तिका वर्ष हलिया, कमलरी, कमैया बनाएर राख्यो। दाषी बनेर स्याहारसुसारमा उसले आफ्नो जीवन व्यत्तित गर्‍यो त्यै नि तिमी अघाएनौँ उसलाई नै दोष लगाउँछौँ। तिमीलाई आरोप लगाएको होइन तिमीले गरेको व्याहारलाई नै उतारेको हो।

पहिलो संविधान सफल नभएपछि दोस्रो संविधान सभामा थारुको मुद्दा समेटिनछ कि भन्ने थारु समुदायको ठूलो सपना थियो तर त्यसको ठ्याक्कै उल्टो भयो। थोरै भाग कुरा आएन्। आफ्नो हकका लागि थारुले तिमीसंग भिख मागेको होइन ऊ त सरकारसंग मागेको हो। त्यसमा तिम्रो के आपत्ति त्यसै किन दोष लाउँछौँ?

आज बुद्ध रोइरहेका छन्। सारा नेपाल रोइरहेको छ। नेपाली जनता रोइरहेका छन्। दिउँसै मान्छे काटेर मार्ने गुण्डाले प्रोत्साहन पाइरहेको छ। एउटाले मार्ने दोष जति अरुलाई थुपार्ने प्रवृत्ति बढिरहेको छ। दिनदहाडै अरुको घरमा आगो लगाइँदैछ। यस्तो काम गर्ने अपराधीलाई सरकारले छिटोभन्दा छिटो छानबिन गरी कारबाही गरिनुपर्छ।

कैलाली कञ्चनपुरका थारु समुदायले हक प्राप्तिका लगातार शान्तिपूर्ण आन्दोलन गरेकै हो। पछिल्लो समयमा पनि शान्तिपूर्ण आन्दोलन गरेकै हो। तर त्यसमा प्रहरीको दमनका कारण आन्दोलनले घटनाको रुप लिन आएको भन्ने कुरा मिडियाले खुलाएका छन्। मिडियामै अज्ञात समूहको टोली आएर एकाएक त्यस्तो दंगा उत्पन्न भएको भन्ने पनि खुलासा भएको छ। तर वास्तविकता के हो पत्ता लगाउनैपर्छ। हचुवाको भरमा थारु समुदायले नै एसपी लक्ष्मण न्यौपानेलाई ज्यूँदै जलाएको भन्ने आरोप लगाउन पाइँदैन। अन्य प्रहरी जवान, सेनालाई पनि हतियार प्रहार गरी मारेको भन्ने आरोप छ।

सो दंगा पश्चात त्यो क्षेत्रमा रातभर कर्फ्यू आदेश जारी भयो। प्रहरी प्रशासन कमजोर भयो भनेर त्यहाँका डीएसपीलाई काठमाडौँ र अर्का डीएसपी सैनिकको टोलीसाथ त्यहाँ रिफर गरायो। गृहमन्त्रालयबाट सुरक्षाका लागि सेना परिचालन गर्ने भनेर आदेश जारी भयो। स्थितिले उग्र रुप लिएमा सेनाले गोली हान्न पाउने आदेश आयो। कर्फ्यूका बावजुद त्यस क्षेत्रमा दिनदहाडै थारुका घर, रिसोर्ट, सञ्चारगृह जलाइयो। एउटा थारुको घर जल्दा सबै थारुको मन रोएको छ। हत्याका बद्ला हत्या नै हो त? के त्यहाँ थारुका घरमात्रै थिए? सुरक्षा निकायमा खटेका सेनाले के हेरेर बसेको थियो? यसले गर्दा छर्पष्ट हुन्छ यहाँ दोष कस्को छ। चलखेल कस्को छ भन्ने शंकाको विषय बनेको छ।

लगातार दुई दिनको घटनाले ठूला रुप लिइसकेको छ। सरकारमा बसेका राजनीतिक दलका नेताले चाडोभन्दा चाँडो समस्याको समाधान नगरे नेपालमा नेपाल भित्रैका भाइ भाइ लडेर देश विशाल महाभारतको युद्धमा जान नसकेला भन्न सकिँदैन।

8 thoughts on “विचरा ! ऊ सोझालाई किन दोष लाउँछौं?

  1. कैलालि को घटना.. कायरता पुर्ण नै हो ….. आफ्ना गल्ति सबैले ढाकछोप गर्नु स्वभाविक नै हो .. तर बास्तविकता जे हो …. बाहिर आउनुपर्यो … त्यो घटनामा दोषिहरुलाइ गोली ठोके हुन्छ… घटना को प्रकृति हेर्दा ..

  2. ho nanu timro lekh padhera mero pani aakha rasayo…..! aaja tharuharulai daman atyachaar garidaichh bholi tesko parinaam ti charpaach jana netaharule sonhehunchh timro shkti sadhai bhari rahadaina yedi yestai rawaiya rahyo bhane uniharula antarastriya abhiyog lagayer desh nikala garnuparchh kita janatale tinlai bahiskaar garnuparchh

  3. Ma newar bhayeni mero lagi rastra ra rastriyata thulo cha. Mero lagi jaati-bishesh ko kehi mahatwo chaina. Mero aafnai guru ek Tharu hunuhuncha, joslai maile uhako milansaar byebahar dekhera sarai samman ko dristi le herchu. Tharu samudaya ko prakriti maile bhogeko pani chu ra bujeko ni chu. Tye vayera malai biswas chaina ek Tharu le arko Nepali daju bhai ko hatya jasto jaganya aparadh garcha vanera. Samajik sanjaal ma ni mero post ra comments hernu vayo vane maile jahile ni jaati bhanda mathi uthera nai aafno kura prastut gariraheko hunchu.
    Aba mukhya kura, haalai ko jun barbar aatanka ko batabaran hamro desh ma dekhiraheko cha, suru dekhi nai maile vandai aairako chu ki yesma mukhya garera bharati talim prapta ghuspaith haru le samajik sahisnuta bhanga garne udeshya ka saath chal chaleko ganda aairaheko cha. Ukhan ni cha, Bhai fute gawar le lutcha vanne. Tye vayera aba pani hami Nepali haru aafu aafu ma milera basna sakenau vane ek din hami Nepali narahalau. Tesbela na hami tharu rahanechau, na ta newar, feri kasaiko daas nai hunuparne ni huna sakcha.
    Aba hamile garne k ta? Aba hamile garne vaneko hamro seema surakchya lai kada garnu paryo vanera maag rakhne. Hamro desh ko seema lai bideshi michai bata bachaune. Hami Nepali bhayera singo Nepal ko bhalo kasari huncha vanera bichar rakhera sambidhan ma prastab rakhne.
    Yo j vairako cha, hamra neta haru ko adurdarsi nirnaya kai karan vairako cha. Tye vayera desh ko khandan lai rokna, neta le dekhayeko bato le bhabisya ma sachikai kattiko laav garcha desh lai vanera bichar garera matra samarthan garne.
    Aru lekhna thale vane maile nai sambidhan banaidela… baki aafai bujnu hola. Bibek lagaunu aafai. J bhairako cha ramro pakkai bhairako chaina. Lato jasto chupo lagera ni nabasnu, bheda jasto aru ko pachi pachi ni nalagnu, sande jasto ekohoro ni nahunu…

  4. दाेषिलाई कारवाही हुनु पर्छ भन्ने कुरा सबैले भन्छन तर थाहा छ दाेषी काे हो । मेन दाेषी भनेकाे राज्य नै हो । के यो कुरामा हामी सहमत छाै कि छैनाै । त्यत्त्राे जना मिलेर किन अान्दाेलन गर्नु पर्याे । अहिले चाही देशका सवै ठुला नेताहरु मधेशी र थारुको माग पुरा हुनु पर्छ भन्छ तर गर्ने बेलामा काेही गर्दैन । माग पुरा नहुँदा सशस्त्र अान्दाेल गर्नु नाजायत हाेइन भन्ने कुरा २०४६ र २०६२।०६३ को अान्दाेलनले देखाइसकेकाे छ । यस्ताेमा भन्नुस को दाेषी राज्य कि तराइका मधेश वा थारु ।

  5. कैलालि को घटना.. कायरता पुर्ण नै हो ….. आफ्ना गल्ति सबैले ढाकछोप गर्नु स्वभाविक नै हो .. तर बास्तविकता जे हो …. बाहिर आउनुपर्यो … त्यो घटनामा दोषिहरुलाइ गोली ठोके हुन्छ… घटना को प्रकृति हेर्दा

Leave a Reply

Your email address will not be published.