सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी

Tha Ka Sa_Tharu Sahid Smaran-1, Rajkumar Lekhi

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ ।

थारु आन्दोलन संयोजनकर्ता मध्येका एक लेखीले थारु आन्दोलनलाई बदनाम बनाउन थारु बिरोधीहरुले भिजलन्ते प्रयोग गरेको हुन सक्ने आशंका व्याक्त गरे । सरकारले थारु समुदायलाई हेपेर वेवास्ता गरेको आरोप छ उनको । भने, ‘आमहड्ताल सहितको आन्दोलनको घोषणा गरेर थारु समुदाय १३ दिनदेखी आन्दोलनमा थियो । सरकारले दुुई चार झुन्ड सहभागी अखण्ड आन्दोलनको माग २ दिनमै सम्बोधन गर्यो । तर, लाखौं सहभागी थारु आन्दोलनको वेवास्ता गरीरह्यो ।’

लेखीले राज्यले थारु समुदायलाई हेपेर यस्तो अवस्था आएको बताए । उनले भने, ‘१३ दिनदेखी थारु समुदाय आन्दोलनमा थियो । यतिका दिनसम्म राज्यले नसुनेजस्तै गर्यो । अहिले फेरी समुदायलाई आतंककारी भन्दैछ । थारुमाथिको यो हेपाइ हो ।’

सोमबारको घटनामा सैयौं थारु आन्दोलनकारी मारिएको हुनसक्ने उनले आशंका व्याक्त गरे । ‘अझैँसम्म गोली चलीरहेको छ, थारु बस्तीमाथि पसेर प्रहरीले आंतक मच्चाइरहेको छ’ उनले भने,‘थारु आन्दोलनकारी मारिएको सुचना सरकारले लुकाइरहेको छ ।’

शान्तिपूर्ण आन्दोलनमाथि सेना परिचालन गरेर दमन गरिए गृहयुद्ध हुने उनको चेतावनी छ । उनले शान्तिपूर्ण आन्दोलनलाई भड्काउन नेताहरुले भुमिका निर्वाह गरीरहेको दाबी गरे ।

9 thoughts on “सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी

  1. Sir khukuri vala bancharo lathi bokera santipurna andolan hunxa. Kasle sikayo tapae lae. Pahila janus kehi kura siknus ani santipurna andolan vaneko k ho vannu hola.

  2. Pasuram Ji yathartha bahir aako 6ain jamai dabaiyeko 6..yetikai apradh na lagayos…ra jun vala tarbar ko kura hudai video footage ma katai 6ain ..kewal photos ma 6an ra tes photo katai pani tharu dekhiyeka 6ain ..tyo tarbar vaka wala tasbir rautahat tir ko ho na ki kailali ra jati images 6an police jalaiyoko ..2 barsa bacha dekhaiyeko jamai sahaj ruple dekhira6an fake 6an….yo oli, bamdev, rawal ka gopaniya ypjna ho shantipurna tharu, janjati, madheshi ko aandolan vadkawaun…

  3. Parshuram g pahila ta tapai bahunbad nai hunu parxa ….. k satvav reyali ma kahi dekhnu vako xa khukuri talwar liyera sadvav reli ma.? Tara aakhanda badi haru
    Asti ko motercycle sadvav relly ma liyera ghumdai thiyeee … pahila aafno kaan xam nus

  4. थारुहरुलाई याे राज्य र सरकारले यति सम्म हेप्याे की त्यसकाे कुनै सीमा नै छैन । त्यसैले अब राज्य नै छुट्टै बनाउनु पर्छ ।

  5. Yo khate lekhi le eti dhamki dida ni kei vanna nasakne hamra deska neta kasta hun

    yesko aama ra bau lai latardai marna pareo esto kaput janmaeko aviyog ma

  6. देश् बिरोधि गद्दार्हरु ड्लर् मा बिकेर, तर सिधा सधा जनत हरु किन कुरा नबुझेको? तिमिहरुलाई बलिको बोको बनाउउदैछन् यि देस् बिरोधि भादाका टट्तुहरुले।

  7. भो भो नकरा तेरो धम्की तै राख भारतको जुठन खाने अनी फुर्ती देखाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *