कर्फ्यूका बीच सभासद् जनकराज चौधरीको घरमा आगजनी

जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)
जनकराज चौधरी, सभासद– फोरम (लोकतान्त्रिक)

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् जनकराज चौधरीको घरमा आगजनी गरिएको छ। कर्फ्यूका बीच अखण्ड पक्षधरले टीकापुर ब्लक नम्बर ६ स्थित घरमा आगजनी गरेको सभासद् चौधरीले नागरिकन्युजलाई जानकारी दिए। घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको उनले बताए।

त्यस्तै रेशम चौधरीको एफएममा पनि आगजनी गरिएको छ। स्थानीयका अनुसार एक समूहले यी दुवै नेताको घरसहित बजारका पसलमा पनि आगजनी गरेका छन्।

Leave a Reply

Your email address will not be published.