कमान्डरलाई बचाएर ज्यान गुमाउने रामबिहारी चौधरी

Photo

सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी एसपी लक्ष्मण सिंहको बडीगार्ड भएको करिब सात महिना भयो। बर्दिया घर भएका चौधरीले आफ्नै समुदायबाट सञ्चालित आन्दोलनका क्रममा ज्यान गुमाउनुपर्ला भन्ने सायदै सोचेका थिए। तर भइदियो त्यस्तै।

एसपी सिंहलाई बचाउन खोज्दा उनी आन्दोलनकारीको तारो भए। ‘म अगाडि बढेर भिड नियन्त्रण गर्न खोज्दै थिएँ, उनले मलाई तानेर पछाडि धकेले,’ एसपी सिंहले भने, ‘मलाई लाग्ने ढुंगा र गुलेली उनी आफैंले खाएर मलाई सुरक्षित गराए, आखिर भिडसँग लड्दालड्दै उनको ज्यान गयो।’ आफू ढुंगा लागेर पछाडि पल्टेपछि उनी भिडको सिकार भएको उनले बताए।

सिंहका अनुसार आन्दोलनकारीको पहिलो निशाना उनकै बडीगार्ड रामविहारी चौधरी भए। निरन्तर रूपमा प्रहार भइरहेका ढुंगा, मटेंग्रा छेक्दै कमान्डरलाई बचाइरहेका प्रहरी हवल्दार चौधरीलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर बन्चरो प्रहार गरे। त्यसपछि शरीरमा आगो झोसिदिए। ‘म ढुंगा लागेर घाइते भएपछि पछाडि हटेँ,’ सिंहले भने, ‘उसलाई चाहिँ कतिबेला थुतेर लगे थाहै भएन।’

मुनुवातिर गएका नेपाल प्रहरीका एसएसपी न्यौपानेको अवस्था चौधरीको जस्तै भयो। भीडलाई सम्झाएर नियन्त्रण गर्ने प्रयासमा रहेका उनी चारैतिरबाट आन्दोलनकारीको घेरामा परे। मुनुवा गाविसको चिलिम चौराहामा उनलाई नियन्त्रणमा लिएर आगो लगाइयो।
नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.