देउवाले भन्यो- थारु-पहाडीबीच फुट ल्याउने सुनियोजित षड्यन्त्र भयो

sher_Bahadur_Deuba-copy_20130120082432

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउँदै त्यसको भर्त्सना गरेका छन्।

विज्ञप्ति जारी गरी नेता देउवाले आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमा थारु समुदायका अगुवा प्रतिनिधि र राजनीतिक दलका नेताबीच मेलमिलाप तथा सद्भाव बढाउने निर्णय भएको स्मरण गर्दै उनले अचानक आज आन्दोलनमा घुसपैठ भएका व्यक्तिबाट राष्ट्रसेवक कर्मचारीलाई जिउँदै जलाउने जस्ता अमानवीय र जघन्य अपराध भएको भर्त्सना गरेका हुन्।

‘वर्षौदेखि मिलेर बसेका थारु समुदाय एवम् पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फुट ल्याउने सुनियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतङ्कवादी चरित्र हो, भ्रातृत्व, सद्भाव र मेलमिलापमा फुट ल्याउने षड्यन्त्रअनुरुप भएको यसखाले घटनालाई निस्तेज पार्दै थारुका अगुवा प्रतिनिधि र राजनीतिक दलबीच भएको सद्भाव फैल्याउने निर्णयअनुरुप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारु–पहाडी समुदायलगायत सबैसँग अपिल गर्दछु’ नेता देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले सो घटनामा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जलिका साथ शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.