एमाओवादी नेता तथा सभासद मानपुर चौधरीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गद्दार’ भनेका छन्। आइतबार सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए।
उनले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरको एक इन्च भाग पनि पहाडमा गाभ्न नदिने घोषणा गरे। पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओली र पश्चिमको कैलाली र कञ्चनपुर कांग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेर पहाड गाभेको आरोप लगाउँदै त्यो निर्णय कुनै हालतमा पनि मान्य नहुने बताए।
‘यो देश तीन बाहुनको पुर्खाको होइन्। हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो। त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं,’ सुशील, ओली र प्रचण्डलाई लक्षित गर्दै उनले भने। मधेसको जग्गा पहाड मिलाउन खोज्नेहरु समाप्त हुने उनले चेतावनी समेत दिए।
उनले आफूलाई प्रचण्डले केही गर्न नसक्ने भन्दै जनतासामू गरेको वाचा पूरा गरेरै छाड्ने बताए।
बल्ल थाहा भयाे काे गद्दार रैछ ।यहि ढिलाे बुझाईले पछिपरिराकाे छ थारू समुदाय,,,नेता गतिलाे नभयसि यस्तो हुन्छ ।
हो र नेताज्यू ? तर राजनीतिकर्मीको के विश्वास ? उनीहरुले त मुखले बोलेको कि चाकले फरक्कै हुंदैन । अहिले के भन्छ फेरि एक घन्टा पछि के बोल्ने हुन् विश्वासै गर्न गाह्रो । यो क्षेत्रमा विश्वासको निकै खरेरी भएको विश्वास गरिन्छ ।
Garna samma ko daga garyo Aba kina uphre ko Neta Ji. Ki bhot bank bigrio, patta saf bhayo bhane ra fakauna aaye ko ho. La badhai cha timi lai.