टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

11928726_565887420235352_1269530250864041138_nजिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगर क्षेत्र र दुर्गौली गाविस क्षेत्रमा साँझ ८ बजे देखि भोलि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर र थारुहट पक्षधरका कार्यकर्ताबीच शुक्रबार टीकापुर नगरपालिका नजिकैको दुर्गौली क्षेत्रमा भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा स्थानीय प्रशासनले यसअघि हिजो साँझ ९ बजेदेखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।

यस्तै, स्थानीय प्रशासनले कुनै सभाजुलुस प्रदर्शन नपाइने गरी टीकापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। निषेधित क्षेत्रमा कुनै पनि पक्षबाट आज सभाजुलुस प्रदर्शन नभएको भए पनि थारुहट पक्षधरले निषेधित क्षेत्र बाहिरका ग्रामीण क्षेत्रमा दिउँसो प्रदर्शन गर्दै पहाडी समुदायका व्यक्ति र तिनका घरमा आक्रमण र तोडफोड गर्ने क्रियाकलाप गरेपछि दोहोरो झडप हुनसक्ने सम्भावनालाई ध्यान दिई आज पनि निषेधाज्ञा जारी गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ।

थरुहट पक्षले जोशीपुर गाविसमा आज कोणसभा गरी स्थानीय पहाडी समुदायका घर पसलमा तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो। जोशीपुर गाविस मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेता रामजनम चौधरीको गृहक्षेत्र हो।

यसैबीच, दलहरुबीच प्रदेश निर्माणमा हिजो भएको नयाँ सहमतिको विरोध गर्दै थरुहटका कार्यकर्ताले आज कैलालीको मसुरिया क्षेत्रमा सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए। थरुहटको बन्दका कारण आज पनि यहाँको जनजीवन प्रभावित रह्यो।

भैरहवाका केही स्थान निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवाका केही क्षेत्रमा बिहान ११ बजेदेखि आगामी पाँच दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए।
भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

आन्दोलनकर्ता र प्रतिकार समूहबीच ठाउँठाउँमा झडपको स्थिति आएपछि निषेधित क्षेत्र जारी गरिएको प्रजिअ ढकालले बताए। रासस

2 thoughts on “टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

  1. अखण्ड वालाले अति गारे शधारण हिडेरहेका सर्वशधारण माथी जथा बभी कुटपिट गरेका छन टीकापुरमा चौधरी हरुको पसल हो भन्दै टीकापुर बजार ठाउँ टाउँमा ठेला र खोकामा तोडफोड गरेका छन भो धेरै निहु खोजे अखण्ड वालाले हमी चुप लगेर बस्ने वाला छैनौ
    हमी अधिकार सरकार सँग मागेको हो शेरे सँग मागे र्हनौ आब शेरे बच्ने वाला पनि छैना कैलाली कन्चनपुरमा पाइला टेकेर त देखा के हुन्छ
    थारु माथी शोसन धेरै भो

  2. Brother, timi Haru k garna sakchau garana. Timi Haru ko Tikapur ma 30% population matra cha, Baki 70% hamrai ho. Sakchau Bhane Milera basa hoina Bhane hami Haru timi harulai Bhari hunchau.,, Neta haruko Kuro ma lagera lov timi harulai nai lageko ho hami Haru ta Sudur paschim akhanda hunu parcha ani hami sabai samudaya Milera baschau bhanera maag garira chau.,,jatiya rajya timi harule nai maag gareko ho jun desh drohi kadam ho.

Leave a Reply

Your email address will not be published.