सर्वहारीको लघुकथा संग्रह विमोचन

Ksarbahari-Book-launchaकृष्णराज सर्वहारीको कमैया बस्तीमा भगवान नामक् लघुकथा संग्रह भदौ ५ गते सर्वनाम थियटरमा विमोचन भएको छ । पूर्वमंत्री तथा साहित्यकार एसपी कोइराला, नारी स्रष्टात्रय माया ठकुरी, पद्मावती सिंह तथा भागीरथी श्रेष्ठले संयुक्त रुपमा कृतिको विमोचन गरे । सातौ लघुकथा दिवसको अवसरमा लघुकथा समाजद्वारा गरिएको कार्यक्रममा चारै स्रष्टाले लघुकथा पनि बाचन गरे ।

५७ ओटा लघुकथा रहेको कमैया बस्तीमा भगवान पुस्तक थारु र नेपाली दुबै भाषामा छ । पुस्तकको बारेमा कृष्ण शाह यात्रीले चर्चा गर्दै कमैया मुक्तिको १७ बर्ष हुँदा पनि अझैसम्म पुनस्र्थापनामा समस्या रहेकाले राज्य जिम्मेवार हुनुपर्ने सन्देश लघुकथाले बोकेको बताए । उनले श्याम हाँस्यव्यंग्य समेटिएको लघुकथा थारु र नेपाली दुबै भाषामा भएकोले पाठकलाई कमैया समस्या जान्न सहयोगी हुने बताए । एसपी कोइरालाले थारु भाषामा पहिलोपटक लघुकथा प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै नेपालमा बोलिने सबै भाषा जबसम्म सम्पन्न हुँदैनन्, तबसम्म नयाँ नेपालको अनुभूति नहुने धारणा राखे । विमोचित कृतिका कृतिकार कृष्णराज सर्वहारी तथा लघुकथा समाजका सचिव तुलसीहरि कोइरालाले पनि लघुकथा बाचन गरे ।

सो अवसरमा सर्वनामका कलाकारहरुले दुर्लभ सिंहको लघुकथा धरहराको मञ्चन पनि गरेका थिए । कार्यक्रम लघुकथा समाजका उपाध्यक्ष ध्रुव मधिकर्मीको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.