कारी महतो/चितवन
तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा लिएका छन्। थारुकल्याणकारिणी सभा चितवनले नेतृत्व गरेको शक्ति प्रदर्शन कार्यक्रममा भाग लिन चितवनका गाउँ गाउँबाट थारुहरु मुख्य बजार नारायणगढ पुगेका थिए।
आ-आफ्नो भेषभुषा सहित गाउँ– गाउँबाट बजार पुगेका थारुहरुले राजनीति दलका नेताहरुको काम र थारु समुदायमाथी गरेको विभेदको विरोधमा नाराबाजी समेत गरेका थिए। सम्पूर्ण चितवनबासी एक हौं। चितवनलाई प्रादेशीक राजधानी घोषणा गर, थारुको माग पूरा गर, हाम्रो आन्दोलन जारी छ। थरुहट आन्दोलन जिन्दावाद, जनतामार्न पाइँदैन्। तराईलाई पहाडमा मिसाउन पाइँदैन जस्ता नारा लगाएका थिए।
भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध र्याएली भरतपुर आरोलो हुँदै लायन्सचोक, शहिद चोक, पुलचोक पुगेर विरोध सभामा परिणत भएको थियो।
थारुकल्याणकारिणी सभाका सभापति विश्राम महतोको अध्यक्षतमा आयोजना गरिएको विरोध सभामा केन्द्रीय सदस्य सन्तवहादुर महतो, पूर्व केन्द्रीय उपाध्यक्ष भजुमान राम महतो, पूर्व जिल्ला सभापति टिकेन्द्र महतो, केन्द्रीय पार्षद विसुनी चौधरी, पूर्व सभापति जोखा चौधरी, सभाका जिल्ला सल्लाहकार ललित चौधरी लगायतले संवोधन गरेका थिए।
तराई क्षेत्रका चारकिल्लाको रुपमा पूर्वमा झापादेखि पश्चिम कञ्चनपुर, उत्तरमा उदयपुर, चितवन सुर्खेत लगायत चुरे पहाड देखि दक्षिणमा भारतको सिमानालाई मध्येनजर गर्दै तराईमा तीन प्रदेश हुनुपर्ने माग गरेका थिए। संवोधनको क्रममा थारु अगुवाहरुले चितवनलाई प्रादेशीक राजधानी बनाउनुपर्ने, तराइलाई पहाड र हिमाल मिसाएर प्रदेश बनाउन नहुने, जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने, पहुँच र प्रतिनिधित्वको लागि पहिचान सहितको सिंमाकंन हुनुपर्ने माग गरे।
कार्यक्रममा बोल्दै थारुकल्याणकारिणी सभा चितवनका सभापति विश्राम महतोले थारु समुदाय सँग विगतमा भएको सहमतिहरु कार्यान्वयनका लागि दवाव दिन चितवनमा शान्तिपूर्ण आन्दोलन स्वरुप यस्तो खालको कार्यक्रम आयोजना गरिएको जानकारी दिए। बन्द, आमहड्ताल छाडेर शान्तिपूर्ण तरिकाले राजनीतिदललाई दवाव दिन यस्तो खालको कार्यक्रम जारी नै रहेको उनले बताए।
तस्बिर सौजन्य : नारायणअनलाइन
chahe mahina din hos magpura nahunjel samma aandolan jari rakhnu parchha. thula netale aafno swrtha pura garne dauma chhan hosiyar