कपिलवस्तुमा पनि गोली चल्यो, तमलोपाका जिल्ला उपाध्यक्ष घाइते

Policeछ दिनदेखि थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन्। आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी प्रहार, एक दर्जन अश्रु ग्यास र गोलीसमेत प्रहार गरेको छ।

लाठी प्रहारबाट तमलोपाका जिल्ला उपाध्यक्ष धरमबहादुर लाल श्रीवास्तव घाइते भएका छन्। यसैगरी ढुङ्गा प्रहारबाट सङ्घीय समाजवादी फोरमका जिल्ला नेता अब्दुल रसिंद खाँ घाइते भएका छन्।

घाइते छ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको गोली लागी गम्भीर घाइते भएका तीन जनालाई भैरहवा मेडिकल कलेज पठाइएको तौलिहवा अस्पतालका डा पवनकुमार अग्रहरिले बताए।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप सभासद् बृजेशकुमार गुप्ताले लगाए। रासस

Leave a Reply

Your email address will not be published.