आजको दुबै खेल बराबार

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सङ्कटा क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा सङ्कटा र एनआरटीबीचको खेल १–१ गोलको बराबरीमा सकिँदै दुवै टिमले अङ्क बाँडेका छन्। 

सङ्कटाका खेलाडी सल्यान खड्गीले खेल सुरुवाती १४औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिए। यस्तै एनआरटीका लागि सुवास गुरुङ बी ले खेलको ४७औँ मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा ल्याए।
यस खेलसगैँ सङ्कटाले ९ अङ्क जोडेको छ भने एनआरटीको ८ अङ्क छ। यसैगरी प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले रानीपोखरी कर्नर टिमलाई बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सो प्रतियोगितामा मध्यपुरले आरसिटीलाई १–१ गोलको बराबरीमा रोक्दै अङ्क बाँडेका छन्। गोल भने आरसिटीका खेलाडी ओलावले खेलको ४१ औँ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए। यस्तै खेलको ६०औँ मिनेटमा मध्यपुरका निराजन रायमाझीले एक गोल गर्दै खेललाई बराबरीमा ल्याए।

छ खेल खेलको आरसीटिले १४ अङ्क जोडेको छ भने लिगको दोस्रो स्थानमा छ। यस्तै समान खेल खेलेको मध्यपुरको ७ अङ्कका साथ दसौं स्थानमा छ। आजै भएको सङ्कटा क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। रासस

Leave a Reply

Your email address will not be published.