मधेसी मोर्चाले आह्‍वान गर्‍यो अनिश्चितकालीन तराई बन्द

वैद्य माओवादीसँग मिलेर दुई दिने नेपाल बन्द घोषणा गरेको मधेसी मोर्चाले सोमबार अनिश्चितकालीन तराई-मधेस-थरुहट बन्दको घोषणा गरेको छ । मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र रामनरेश रायद्वारा सोमबार जारी प्रेस वक्तव्यमा अनिश्चितकालीन तराई मधेस बन्दको घोषणा गरिएको हो ।

वक्तव्यमा भनिएको छ-‘समानुपातिक समावेशीकरण र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने सुनिश्चितता नहुञ्जेलसम्म सम्पूर्ण मधेश-तराई-थरुहट बन्द तथा आम हड्तालको कार्यक्रम अनिश्चितकालका लागि निरन्तर जारी नै रहिरहनेछ ।’

Madhesi-morcha

Leave a Reply

Your email address will not be published.