थारु कल्याणकारी सभाले गरेको बन्दमा प्रहरीले दमन गरेको छ। पूर्वी चितवनको पर्सामा राजमार्ग बन्द गर्न पुगेका आन्दोलनकारीलाई प्रहरीले बुट र लाठी प्रहार गरेको छ। प्रहरीको लाठीबाट तीन जना घाइते भएका छन्। घाइतेहरुको नजिककै मेडिकलमा उपचारका लागि पठाइएको चितवनका क्षेत्रीय सभापति चन्द्रविक्रम महतोले जानकारी दिए।
उनका अनुसार प्रहरीले कृष्ण चौधरी र वकिल राउतलाई पक्राउ गरेको छ। प्रहरीले स्कर्टिङ गरेर राजमार्गमा यातायात सुचारु गरे पनि पर्सा बजार पूर्णरुपले बन्द छ।
तस्बिर नारायणी अनलाइनबाट