एमाले नवलपरासी कार्यालयमा तोडफोड

CPN-UML-Flag

नेकपा एमाले नवलपरासीको जिल्ला पार्टी कार्यालयमा तोडफोड भएको छ। शुक्रबार बेलुकी बन्द आह्वानकर्ताहरुले एमाले पार्टी कार्यालया ढंगा प्रहार गरी दुई वटा झ्यालका सिसाहरु फुटाइदिएका छन्। थारु कल्याणकारिणी सभालगायतका विभिन्न समूहले लगाएको आह्वानमा बन्द भएको परासी बजारमा रहेको एमाले कार्यालयमा उनीहरुले ढुंगा प्रहार गरी झ्यालका सिसाहरु फुटाएका हुन्।
एमाले जिल्ला पार्टी कार्यालयमा प्रहरी भएकाले उनीहरुले ठूलो आक्रमण गर्न नपाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए। बन्दकर्ताहरुले कार्यालयमा आगो लगाउने प्रयास गरेपनि प्रहरीले २ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेका थिए।
एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले कायरतापूर्ण तरिकाबाट एमाले पार्टी कार्यालयमा आक्रमण भएको बताए। सुरुमा अखण्ड नवलपरासीको नाममा परासीमा आन्दोलन सुरु भएको थियो। परासीका केही मान्छेहरुले थालेको आन्दोलन अराजकतातर्फ उन्मुख भएको छ। राजमार्गमा समेत महिला र बालबाललिकाहरुलाई लौरो  लिएर निस्केका छन्।

Leave a Reply

Your email address will not be published.