रौतहट सभापतिसहित थाकस पदाधिकारीहरु पक्राउ

Chapur_Tharu

रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले बन्द गर्दै हिँडेका थरुहट कार्यकर्ताहरुलाई पक्राउ गरेको छ। थारु कल्याणकारिणी सभाका रौतहट सभापति रामाश्रय चौधरीलगायत सदस्यहरु जितेन्द्र चौधरी, रुपनी चौधरी, मोहन चौधरी, भागिरथ चौधरी, भूमध्य चौधरीलगायतलाई पक्राउ गरेको थाकसले जनाएको छ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको थाकसका प्रेस संयोजक रामलाल चौधरीले जनाएका छन्। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आपत्ति जनाएको छ। साथै थाकसले पनि यसको घोर भर्त्सना गर्दै बिनासर्त तुरुन्त रिहाइको माग गरेको छ।

Leave a Reply

Your email address will not be published.