मधेसी दलमा ६ थारु सभासद्, फोरम लोकतान्त्रिकमा तीन जना

madhesi dal netaकाठमाडौं- मधेसवादी दलले पनि समानुपातिक सूचीको टुंगो लगाएको छ। उपेन्द्र यादवबाहेकका दलमा ६ जना थारु ब्यक्ति परेका छन्। विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि समानुपातिकतर्फो सूची टुंगो लगाएको छ। फोरम लोकतान्त्रिकले आशा चर्तुबेदी, डा. बाबुराम पोखरेल, गिता राणा, डा. सुबोध पोखरेल, दिनबन्धु अग्रवाल, रमनी राम, पवनकुमार सारडा, सुमित्रा थरुनी, योगेन्द्र चौधरी र कल्पना चौधरीको नाम टुंगो लगाएको हो।  

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले पनि समानुपातिकतर्फको सूची टुंगो लगाएको छ। तमलोपाले डा. विजय सिंह अकवाल, अहमद साह, केदारानन्दन चौधरी, रमेश पट्टेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमार गडेरीको नाम टुंगो लगाएको हो।

त्यस्तै  राजेन्द्र महतो नेतृत्वको सद्‍‍भावना पार्टीको सूचीमा सहीलदेवी महत्तो, लक्ष्मणलाल कर्ण, बिमल केडिया, नरसिंह चौधरी, माधुरी रानी शाह परेका छन्।
उता शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीले पनि सूची बुझाएको छ। रामसपाले सूचीमा निर्जला राउत, धर्मेन्द्र साह, दिनेश साहको नाम टुंगो लगाएको हो।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले भने सूची टुंगो लगनाएको छैन।

Leave a Reply

Your email address will not be published.