स्वतन्त्रताको लागि लड्न थारुलाई सीके राउतको आह्वान

Ck raut
स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले आन्दोलनमा रहेका थारु तथा कोचहरुलाई स्वतन्त्रताका लागि आन्दोलनमा होमिन आग्रह गरेका छन्। मंगलबार बिहान आफ्नो फेसबुकमार्फत् राउतले स्वतन्त्रता बाहेकको अरु कुनै पनि सम्झौता आत्मघाति हुने दाबी गरेका छन्।

तराईको भूमि पहाडसँग मिसाएको, थारु बाहूल्य क्षेत्र कैलाली-कञ्चनपुरलाई टुक्रा टुक्रा पारेको र थारु समुदायमाथि अत्यारचार गरेको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आजदेखि तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ।

थारुहरुको आन्दोलनप्रति मधेसी दलका नेता तथा सभासद्हरुले एक्यबद्धता जनाइसकेका छन्। राउतले पनि थारुहरुको आन्दोलनमा समर्थन रहेको उल्लेख गरेका छन्।

Leave a Reply to Williamonedo Cancel reply

Your email address will not be published.