एमालेमा २३ जना थारु-मधेसी मनोनीत, शान्ता र मञ्जु चौधरी वैकल्पिक केन्द्रीय सदस्य

नेकपा एमालेले केन्द्रीय कमिटी विस्तार गरेको छ। झापाको विर्तामोडमा बसेको पार्टीको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्य, वैकल्पिक सदस्य र सल्लाहकारमा गरी तराई मधेसका २३ जनालाई मनोनीत गरेको हो।

केन्द्रीय सदस्यमा मनोनीत हुनेमा रघुवीर महासेठ, धर्मनाथ प्रसाद साह, रामचन्द्र यादव, धर्मनाथ यादव, गंगा यादव, रामदयाल मण्डल, रविन्द्र वैठा, रामचन्द्र साह, हरिनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झा छन्।

त्यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा जुली महतो, नारदमणि राना, मन्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सरोज यादव, सुधीर शाह, सरला यादव र मोहम्मद हारुन छन्।

बैठकले केन्द्रीय सल्लाहकारमा हनुमान चौधरी र प्रदेश नम्बर ७ मा मायाराम चौधरीलाई पनि मनोनीत गरेको पार्टीका प्रचास प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एमालेले आजदेखि झापाबाट मेची-महाकाली अभियान सुरु गर्दैछ। जसका लागि पार्टीका सबै पदाधिकारी अहिले झापा पुगेका छन्।

Leave a Reply

Your email address will not be published.