पत्रकार कमला चौधरी आइभिए अवार्डबाट सम्मानित

Journo Kamala Chaudharyआदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि थारु समुदायबाट कमला चौधरी मनोनित भएकी छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७२ ( आइभिए अवार्ड)बाट पुरस्कृत हुनेमध्येमा चौधरी छनौटमा परेकी हुन्। 

फोनिजले एसियामा आदिवासी जनजाति गठबन्धन (एआइपीपी)को सहयोगमा हरेक वर्ष विश्व आदिवासी दिवसको अवसर पारेर प्रदान गर्दै आएको पुरस्कारबाट छापा, रेडियो तथा टेलिभिजन गरी ६ जनालाई पुरस्कृत गर्ने भएको छ।
पुरस्कृत हुनेमा छापातर्फ सन्ध्या टाइम्स दैनिकका सुरेशकिरण मानन्धर र हिमाल खबरपरित्रकाका देविका घर्तीमगर, टेलिभिजन तर्फ एबीसी टिभीका लोकबहादुर गुरुङ र सगरमाथा टिभीका रोजिना लामा तथा रेडियोबाट ईलाम एफएमका सन्तोष नेम्वाङ र रेडियो जागरण रुपन्देहीबाट कमला चौधरी पुरस्कृत भएका छन् ।
पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो। पुरस्कारका लागि छापामा ३३, रेडियोमा २९ र टेलिभिजनमा २० जनासहित ८४ जनाको आवेदन परेकोमा प्रत्येक विधामा दुई\दुई जना पत्रकारको नाम छनौट गरेको फोनिजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रत्येक विधामा ४०-४० हजारको पुरस्कार संयुक्त रुपमा प्रदान गरिनेछ ।
पुरस्कारका लागि छनौट भएका पत्रकारहरुलाई छनौट समिति तथा फोनिजले हार्दिक बधाई दिँदै पुरस्कार यही साउन २३ गते विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा वितरण गरिने जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published.