सुरेन्द्रजी, तपाईँ नै थारुको सिके राउत बन्ने कि?

सन्जय चौधरी थारु।

थारुवान डटकममार्फत् तपाईँको ‘सीके राउतलाई थारुहरुले ज्वाइन गरे हुन्छ’ शीर्षक अन्तर्वार्ता पढेँ। अन्तर्वार्ता पढेर केही नलेखी बस्न सकिएन।
थारुले थरुहट आन्दोलन आफ्नो पहिचान र अधिकारको लागि गरेको थियो, मधेसी बन्न हैन। म मान्छु कि तपाईँ थरुहट आन्दोलनदेखि सक्रिए हुनुहुन्छ। जतिबेला म फलामेढोका पनि पार गरेको थिइनँ। अहिले पनि तपाईँ विशेषज्ञ हुनुहुन्छ, म स्नातक अध्यनरत विद्यार्थी।
तपाईँको अन्तर्वार्ता पढ्दा तपाईँको अध्ययन अपुरोजस्तो लाग्यो। हुन त म पश्चिम कैलाली-कंचनपुरमा जन्मे/हुर्केको होइन, तर थारुलाइ गर्ने अखण्डे पाखण्डे प्रवृतिको विरोध गर्छु। मेरा कोही पुर्खा कहिल्यै कमैया, हरूवा,  चरुवा बसेका छैनन्, न मेरो आमा र दिदिबहिनी नै कमलरी बसेको छ। तर पश्चिम तराईका थारुले भोग्ने ती समस्या कमैया, कमलरी, हरूवा, चरुवा आफ्नैजस्तो लाग्छ। ती थारु दाजुभाइ, आमा बहिनी आफ्नैजस्तो लाग्छ। आफ्नै मान्छेले भोगेजस्तो लाग्छ। उनीहरुको अधिकार र हकको लागि लड्न पनि एक कदम अगाडि हुन्छु। थारुमाथि हेपुवा प्रवृति र सोच राख्ने पहाडीको पनि विरोध गर्छु।
Sanjay Chaudharyसन्दर्भ थारुले सिके राउतको पछि लाग्नुपर्ने या जोइन गर्ने कुराको चाहिँ विरोध गर्छु। फेरि फर्कौ थरुहट आन्दोलनबाट, म मान्छु कि तपाईँ थारु आन्दोलनदेखि नै लागेको मान्छे। थरुहट आन्दोलन मेरा अग्रजले लडेका थिए। त्यसबखत स्थानीय थरुहट आन्दोलनकर्मीलाई मधेसीले घेरेर आन्दोलन तुहाउन लागेका थिए। यो घटना मेरो गृह जिल्ला सिरहामा मात्र भएको थिएन, यस्तो घटना मधेसीबाट सप्तरीदेखि पर्सासम्म थारुले फेस गरेका थिए। अझ सप्तरीमा झडप नै भएको थियो। सिरहामा पनि त्यस्तै स्थित थियो।
मैले मधेसीको विरोध गरिरहँदा तपाईँलाई लाग्न सक्ला, कतै म पहाडीबाट उस्काएको हो कि? तर यथार्थ कुरा म पहाडीको पनि विरोध गर्छु जो थरुहट आन्दोलनविरुद्ध पश्चिम तराईमा लागेको थियो। तपाईँ एकतर्फी अध्ययन गरेर मधेसीसित मिल्नुपर्ने भन्नुहुन्छ? तर मधेसीले थारुलाई हेर्ने नजरियाबारे अध्यन कम भयो। यहाँ त थारुलाई चुनावमा जसरी नि हराउनुपर्छ, अभियान नै चल्छ। अब कसरी विश्वास गर्ने कि सिके राउतको मधेस देशमा हामी सुरक्षित रहन्छौं?
थारुले थरुहट आन्दोलन आफूलाई मधेसीकरणविरुद्ध पनि गरेको हो। अब सिके राउतको पछि लागेर आफैँ मधेसीकरण हुने। त्यसमा पनि सिके राउत यस्तो ब्यक्ति जसले थारु भाषा, परमपरा, पहिरन सबै मधेसीको हो, थारुको केही छैन भन्ने मान्छे? अब सिके राउतको पछि लागेर फेरि आफ्नो पहिचान आफैँ मधेसीकरण गर्ने? जब हाम्रो पहिचान नै रहँदैन भने अधिकार लिएर के गर्ने? फेरि अधिकार पाइन्छ नै भन्ने के ग्यारेन्टी छ? बरु पहिचान नपाउम तर नमेटियोस पनि। न परिवर्तन होस्। बरु अधिकार हामीले पाउनुपर्छ। यसका लागि हामी लड्नुपर्छ।
तराईमा सिके राउत छ तर त्यो मधेसीको सिके राउत हो। कि थारुमा सिके राउत जन्मियोस् या तपाईँलाई सिके राउतको बाटो सही लाग्छ भने तपाईं नै थारुको सिके राउत बन्नुस् थारु युवाहरुको समर्थन रहनेछ। तर हाम्रो पहिचान नै नस्वीकार्नेको पछि लागिँदैन।
तपाईँलाई के अधारमा सिके राउत राम्रो लाग्यो त्यही अधारमा थारुको मुदा उठाउनुस्। थारुलाई त्यो अधारबारे बुझाउनुस्। तर याद रहोस् पहाड र थारु दुबैले सिके राउत जन्माउन सक्दैन। त्यसको विचारजस्तो राख्ने भेटिएला तर उसकोजस्तो उचाइँ पाउन भारतको आन्तरिक साथ र अमेरिकाको डलर चाहिन्छ। चेतना भया!

Leave a Reply

Your email address will not be published.