‘मत्थर बन्दै ‘थरुहट’ माग’ शीर्षक समाचारमा थरुहटको ध्यानाकर्षण

नागरिक दैनिकबाट साभारि गरिएको ‘मत्थर बन्दै ‘थरुहट’ माग’ शीर्षकको समाचारमा थरुहट तराई पार्टी नेपालले ध्यानाकर्षण जनाएको छ। समाचारमा उल्लेखित ‘संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमै रहेर आन्दोलनमा लागेको एक खेमाले थरुहट तराई पार्टीको नाममा पार्टी विभाजन गर्‍यो’मा आपति जनाउँदै सचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘२०६५/०६६ सालमा सशक्तरुपले भएको ऐतिहासिक थरुहट आन्दोलन थरुहट संयुक्त संघर्ष समितिको संयोजन एवं अगुवाइमा भएको हो । यसैकोे जगबाट सबै थरुहट शक्तिहरुलाई एकतामा गोलबन्द्ध गर्दै आत्मसम्मान, पहिचान, न्याय, अधिकार, विकासका लागि नयाँ राजनैतिक शक्तिकोरुपमा थरुहट तराई पार्टी नेपाल विधिवतरुपमा खोलिएको पार्टी हो भन्ने स्पष्ट पादै नेपाली जनताहरुलाई भ्रमित नहुन अनुरोध गर्छौं।’ 

(नोट : थारुवान डटकमले दैनिक पत्रिकाहरुमा प्रकाशित थारु समुदायसम्बन्धी लेख/विश्लेषण/समाचारहरु साभार गर्दै आएको छ। यसको एकमात्र उद्देश्य ती लेख/विश्लेषण/समाचार अनलाइनको माध्यमबाट थारु सामुदायका पाठकहरुमाझ पुर्‍याउनु हो। तीभित्रका लेखाइ थारुवान डटकमकै नभएको हुँदा यस्ता गल्तीहरुमा बेलाँबेलाँ चुक्ने गरेका छौं। अगामि दिनमा साभार गर्दा यस्ता कुराको ख्याल गरीमात्र प्रकाशित गर्ने व्यवहोरा उल्लेख गरिन्छ। -सम्पादक)

विज्ञप्तीको पूर्ण पाठ

नागरिक दैनिक पत्रिकामा मिति २०७२ साउन ११ गते सोमबार प्रकाशित भएको देवेन्द्र बस्नेतको “मत्थर बन्दै थरुहट माग” शिर्षक अन्तर्गत ‘संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आन्दोलनका बेला सशक्तरुपमा थारु मुद्दा उठाएको एकमात्रै पार्टी थियो । मञ्चमै रहेर आन्दोलनमा लागेको एकखेमाले थरुहट तराई पार्टीका नाममा पार्टी विभाजन गर्‍यो’ भन्ने तथ्यहिन र नेपाली जनताहरुलाई दिगभ्रमित गराउने गरी लेखिएको लेखप्रति थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
संंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमै रहेर आन्दोलनमा लागेको एक खेमाले थरुहट तराई पार्टीको नाममा पार्टी विभाजन गर्‍यो भन्ने जस्तो भ्रामक तथ्यहिन लेखको खण्डन गदै हामी स्पष्ट पार्न चाहन्छौ । ‘२०६५/०६६ सालमा सशक्तरुपले भएको ऐतिहासिक थरुहट आन्दोलन थरुहट संयुक्त संघर्ष समितिको संयोजन एवं अगुवाईमा भएको हो । यसैकोे जगबाट सबै थरुहट शक्तिहरुलाई एकतामा गोलबन्द्ध गर्दै आत्मसम्मान, पहिचान, न्याय, अधिकार, विकासका लागि नयाँ राजनैतिक शक्तिकोरुपमा थरुहट तराई पार्टी नेपाल विधिवतरुपमा खोलिएको पार्टी हो भन्ने स्पष्ट पादै नेपाली जनताहरुलाई भ्रमित नहुन अनुरोध गर्दछौं । साथै वर्तमान अवस्थामा थरुहटको माग मत्थर नबनी यो मुलुकका एकात्मकवादी, ब्राहमणवादी सोंच, चिन्तन, प्रवृति भएका शासकहरुले थरुहट आन्दोलनको मूल मर्म भावना र उपलब्धीलाई सुनियोजितरुपमा समाप्त पार्न लागि परेका छन् । यसको रक्षार्थ थरुहटवासी एकजुट भएर संघीय नयाँ नेपालको संविधानमा सम्बोधन गराउनको लागि अहिले पनि सदन र सडकमा जोरदाररुपले थरुहटको मुद्दा तथा सवालहरु उठाई रहेका छन् ।

मिनराज चौधरी
सचिव
थरुहट तराई पार्टी, नेपाल

Leave a Reply

Your email address will not be published.