साउदीमा नेपाली कार्यवाहक राजदूतमाथि दूताबासमै छुरा प्रहार

Ananda-Prasad-Sharmaसाउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ। दूतावासमा शरण लिइरहेका एक नेपालीले कार्यबाहक राजदूतमाथि दूतावासकै कार्यकक्षमा छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार छुरा प्रहारबाट घाइते भएका शर्माको साउदी अरबको किङ फेसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ। आक्रमण गर्नेलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही शुरु गरेको छ। आक्रमण गर्ने नेपालीको परिचय भने मन्त्रालयले खुलाएको छैन।

Leave a Reply

Your email address will not be published.