महिला सभाद्वारा विद्यार्थीलाई जीवन उपयोगी शिक्षा

मोरङको लखनतरी गाविसका किशारकिशोरीलाई दैनिक जीवनमा आइपर्ने समस्याहरुको सामना गर्दै सकारात्मक रुपमा जीवन निर्वाह गर्न जीवन उपयोगी शिक्षा दिइएको छ। जिल्ला विकास समिति मोरङ सहयोग तथा थारु महिला सभाको आयोजनामा दुई दिनसम्म आदिवासी जनजाति समुदायका ८ देखि १० कक्षामा अध्ययनरत विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिइएको हो।
DSC08060

किशोरकिशोरी अवस्थामा आइपर्ने मनोसामाजिक समस्या, बेचबिखन, दुर्व्यसन, एचआइभी एड्स कुलतलगायतका समस्याबाट आफूबची दौतरीसमेतलाई बचाउनका लागि वैकल्पिक समाधानका उपायबाट पहिल्याउन सहज भएको सहभागी स्मृति माझीले बताइन्।
जीवन उपयोगी शिक्षा, यसका तत्वहरु अन्तरव्यक्तिक सञ्चार सीप, निर्णय गर्ने र समलोचनात्मक सोचाइ, नियन्त्रण तथा व्यवस्थापन सीपलगायतका विषयमा दुई दिनसम्म शिक्षा दिएको थारु महिला सभाकी अध्यक्ष कल्पना चौधरीले बताइन्।
सो जीवन उपयोगी शिक्षाका विषयमा आदिवासी जनजाति जिल्ला विकास समितिकी उपाध्यक्ष गेनादेवी चौधरी, स्वास्थ्य चौकी सिशवनी बडहराका इन्चार्ज एकराज खत्री, इन्सेक मोरङ प्रतिनिधि सुकदेब चौधरीलगायतले सहजीकारण गरेका थिए। जीवन उपयोगी शिक्षा लिनका लागि गाविसका आदिवासी जनजाति समुदायका ३५ जना किशोरकिशोरीहरुको सहभागीता थियो।

Leave a Reply

Your email address will not be published.