सप्तरीमा एमाले-मोर्चा आमनेसामने, कार्यक्रम बिथोल्न यातायात ठप्प

एमालेको मेची–महाकाली अभियानको विरोधमा उत्रेका मधेशी मोर्चाका कार्यकर्ता विहानैदेखि राजविराजको सडकमा देखिएका छन्। सप्तरीका डिएसपी दानबहादुर कार्कीका अनुसार हिजो–अस्तीको तुलनामा आज गाडी कम गुडेका छन्। उनले मोर्चाका कार्यकर्ताहरु सडकमा उत्रिएको बताए। अहिलेसम्म भने कसैको पक्राउ नभएको र उच्छृखल क्रियाक्रलाप गरे पक्राउ गरिने बताए । उनले आबश्यक परे बल प्रयोग गरेर भएपनि तनाव हुन नदिने बताए।

उता संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्र साहले भने विहानै देखि प्रहरीले आफ्ना कार्यकर्ताहरुको धरपकड गरेको बताए। उनी अहिले राजविराजमा छन्। सडकमा उत्रिएका मोर्चाका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको उनले बताए। मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ। उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ।

एमालेले शुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज तेस्रो दिन दुई नम्वर प्रदेशमा कार्यक्रम हुँदैछन् । मधेशी मोर्चाको विरोधका कार्यक्रमबीच एमालेले आफ्नो अभियान अगाडि बढाउँदैछ । दुवै पक्षका आ–आफ्ना अडानले तनावको आशंका बढाएको छ । यद्यपी सुरक्षा निकायले सुरक्षाको उच्च बन्दोबस्त गरिएको बताएका छन् ।

एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ।
मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेको छैन। एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ।

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपुर्याउन सम्बद्ध पक्षलाई आग्रह गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published.