थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन

Baburam Chaudhary_Tha ka sa 02थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको ६१ वर्षको उमेरमा निधन भएको छ। प्रेसर र मधुमेहग्रस्त चौधरीको उपचारको क्रममा मंगलबार मध्यान्ह १२ बजे भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो। मधुमेह बढेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

बाबुराम चौधरी थारु कल्याणकारिणी सभाको गत वर्ष सम्पन्न २१औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए।

Baburam Chaudhary_Tha ka sa 01

थाकसको २१औं महाधिवेशनमा केन्द्रीय उउपाध्यक्षमा निर्वाचित भएपछि खुसी मनाउँदै बाबुराम चौधरी। तस्बिर : कमला चौधरी

सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीले उपाध्यक्षको मृत्युप्रति दुःख ब्यक्त गर्दै श्रदाञ्जली अर्पण गरेका छन्। त्यस्तै पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य राजकुमार लेखी, थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलगायतले श्रदाञ्जली अर्पण गर्नुका साथै सोक सन्तत परिवारमा हार्दिक सम्वेदना प्रकट गरेका छन्।

बाबुराम चौधरी नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार कमिटीका पूर्व सदस्य, नेपाल लोकतान्त्रिक थारु संघका केन्द्रीय कमिटीका वरिष्ट उपाध्यक्ष, मधवलीया गाविसका पूर्वअध्यक्षसमेत थिए।

5 thoughts on “थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन

  1. हार्दिक श्रद्धान्जली, मृत आत्माको चीर शान्तीको कामना गर्दछु !
    – हेम चौधरी
    सुनसरी

  2. कमरेड बाबुराम चौधरीज्यूको दिवंगत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछु साथै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछु….

  3. थारु कल्याणकारीणी सभाका केन्द्रिय उपाध्यक्ष बाबुराम चौधरीको असामयीक निधन प्रति थारु महिला सभा मोरङ मर्माहत भएको छ । वहाँ प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनलाई धर्यधारण गर्ने शक्ति मिलौस ।

  4. थारु कल्यान्कारिणी सभाका केन्द्रिय उपाध्यक्ष बाबु राम चौधरी को असमायीक निधन् प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार् जनमा धैर्य धारण गर्ने शक्ति जयगुर्बाबाले प्रदान गरुन भन्ने कामना सहित्य हार्दिक समबेदना ब्यक्त गर्दछु । 

    मिन् राज्नैतिक थारु   

Leave a Reply

Your email address will not be published. Required fields are marked *