संघीयताको गर्भपतन भयो : लेखी

Rajkumar Lekhi

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखीले संघीयताको गर्भपतन भएको बताएका छन्। सप्तरीमा आयोजित कार्यक्रममा बोल्दै लेखीले चार दलले गरेको १६ बुँदे सम्झौतासँगै संघीयताको गर्भपतन भएको बताए।
‘संघीयता सकिनुमा आदिवासी जनजाति आन्दोलन, मधेसी आन्दोलनलगायत अन्य आन्दोलनका अतिवादी, अराजकहरु र साम्प्रदियकता चाहनेहरु दोषी छन्,’ उनले भने, ‘अतिवादीहरुले नै जातीय राज्य, एकल जातीय राज्य मागेका कारण संघीयता समाप्त भयो।’
उनले सत्ताधारीको अतिवादी विचारका कारण यस्तो भएको बताउँदै नेपाली राजनीति पछाडि धकेलिने खतरा रहेको बताए। ‘फेरि ७० वर्षमा पटक-पटक भएको राजनीतिक उपलब्धी धेरै वर्षका निम्ति समाप्त भएको छ। यसले मुलुक पुनः द्वन्दवमा जाने खतरा बढेको छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published.