नमूना थारु ग्राम संकटमा

 Namuna Tharu Gram, Dang 02 

सन्तोष दहित, दाङ- थारु समुदायको पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सौडियार-९ सिसहनियामा रहेको थारु नमूना ग्राम यतिबेला संकटम परेको छ। ६ वर्ष पहिले २०६५ सालमा स्थापना गरेको नमूना थारु ग्राम आर्थिक अभावले यतिबेला संकटको अवस्थामा पुगेको हो। जिल्ला विकास समिति दाङबाट स्थापना गरिएको नमूना ग्रामको प्रयाप्त सहयोग र नमूना ग्राम स्थापना गर्नेबेलाको सम्झौताअनुसार कार्यान्वयन नभएको कारण नमूना ग्राम यस्तो अवस्थामा आएको स्थानीयहरुले बताउँछन्।

‘नमूना थारु ग्राम स्थापना गर्ने बेला थारु समुदायको परम्परागत थारु घर, हेल्पोष्ट, बालविकास केन्द्र, थारु संग्राहलयलगायत स्थापना गर्ने सम्झौता भएको नमूना थारु ग्रामको अध्यक्ष बेझलाल चौधरीले बताए।

त्यसैगरी थारु सांस्कृतिक झल्काउने विभिन्न थारु नाचको लागि थारु ड्रेस, मादल, शुद्ध खानेपानी, मोटर बाटो, यातायात, सिचाई, विद्युतलगायतको व्यवस्था गर्ने सम्झौता भएको चौधरीले बताए। ‘तर अझैसम्म थारु परम्परागत थारु घर र थारु नाचको लागि नाच्ने थारु ड्रेस, मादल सहयोगबाहेक अरु केही कार्यान्वयन भएको छैन,’ उनले भने।

Namuna Tharu Gram, Dang 03

‘परमपरागत थारु घर पनि अलि व्यवस्थित बनाउने भने पनि केही हुन सकिरहेको छैन चौधरीले भने, ‘थारु घर त भयो नामको लागि मात्र भयो।’ आफ्नो गाउँमा थारु समुदायको पहिचान झल्काउने उद्देश्यले नमूना थारु ग्राम स्थापना हुनु गाउँको लागि गर्वको कुरा भए पनि सम्झौताअनुसार काम हुन नसक्दा दुःख लागेको चौधरीले गुनासे गरे।

‘सिसनियाम थारु नमूना ग्राम छ भनेर विभिन्न मिडियाम आयो, प्रचार भयो, त्यहीअनुसार विभिन्न ठाउँबाट पर्यटक आउने गरेको तर भनेजस्तो नहुँदा पर्यटकहरु निरास भएर गएको देख्दा दुःख लाग्ने गर्छ,’ चौधरीले भने, ‘यसलाई व्यवस्थित गर्नलाई पटक-पटक जिविसमा ध्यानाकर्षण गरे पनि खासै सुनुवाइ भएको छैन।’

‘सहयोगको नाममा केही पैसा दिए पनि त्यति पैसाले के गर्ने?,’ चौधरीले भने। ‘त्यति थौरे पैसाले के गर्ने, न घर मर्मत गर्न पुग्छ, न बाटो बनाउन,’ चौधरीले भने, ‘हामीलाई पैसाभन्दा पनि हामीसँग जे सम्झौता भएको थियो, त्यहीअनुसार हुनुपर्‍यो।’ सम्झौतामा बाल विकास केन्द्र, हेल्पोष्ट, थारु संग्राहलय, मोटरबाटो, यातायातलगायतको व्यवस्था गरिदिनुपर्‍यो।

Namuna Tharu Gram, Dang 01

यता जिल्ला विकास समितिले हरेक वर्ष सहयोग गर्दै आएको जिल्ला विकास समितिका शाखा अधिकृत तथा पर्यटन बोर्डका सदस्य सचिव डा. गोविन्द आचार्य बताए। उनले भने- ‘नमूना थारु ग्रामको लागि हरेक वर्ष केही न केही सहयोग गर्दै आइरका छौं, सुस्त-सुस्त विकास हुने हो एकैचोटि हुँदैन।’

कहिले थारु सांस्कृतिक ड्रेस, कहिले नगद दिने गरेको आचार्यले बताए। त्यसैगरी उहाँहरुलाई आयआर्जनमा ल्याउनका लागि विभिन्न सीप, नमूना ग्राम, होमस्टे कसरी सञ्चालन गर्ने भनेर विभिन्न ठाउँमा भ्रमण पनि गराएको भए पनि व्यवसायिक बन्न नससकेको आचार्यले बताए। यसैगरी नमूना थारु ग्रामलाई अब सांस्कृतिक ग्राम बनाउने सोचमा रहेको पनि आचार्यले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.