थारु महिलाले सामुहिक तरकारी खेती गर्दै

tarkari-Kheti

दाङ त्रिपुर नगरपालिका १ नारायणपुरका थारु महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन्। मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेतीमा जुटेका हुन्। नारायणपुर गाउँका थारु महिलाहरु २०/२० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट गरेर काम थालेका छन्। बेमौसमी तरकारीका लागि नारायणपुर गाउँका थारु महिलालाई दुई समूहमा राखी तालिम दिइरहेका रमेश चौधरीले आफूले तालिम दिएका किसानहरु अहिले व्यावसायिक बनेको बताउछन्।

 

सामूहिक रुपबाट गरिने कृषि खेतीबाट सामूहिक भावनाको पनि विकास हुने उनको विश्वास छ। गाउँमा सामूहिक तरकारी खेती शुरु गर्न थालेका महिलाले सामूहिक व्यवसायबाट भएको आम्दानीले आफ्ना आवश्यकता पुरा गर्ने योजना बनाएका छन्।

सामूहिक तरकारी खेतीबाट पहिलो वर्षमा भएको आम्दानी त्यही तरकारी खेतीको व्यवस्थित विस्तारमा लगाउने योजना रहेको पहिलो समूहकी अध्यक्ष अनु चौधरीले बताइन्। युएसएआइडी किसान परियोजनाले उनीहरुलाई सामूहिक तरकारी खेतीका लागि सहयोग गरिरहेको छ  कृषि पेशामा आश्रति दलित, जनजाति वर्गलाई लक्षित गरेर तीन बर्षदेखि युएसएआइडीले किसानहरुलाई आधुनिक तरिकाबाट कृषि खेती सम्बन्धी तालिम र प्रशिक्षण दिदै आइरहेको छ।

अमेरिकी सहयोगमा सञ्चालित उक्त संस्थाले किसानहरुलाई दक्ष कृषि व्यावसायिक बनाउने उदेश्य लिएर तालिम, प्रशिक्षणका साथै बीउ, सिचाँई सामग्री र किटनाशक औषधीसमेत उपलब्ध गराउँदै आएको संस्थाका कृषि प्राविधिक रमेशकुमार चौधरीले बताए। संस्थाको किसान परियोजना कार्यक्रम जिल्लाका २६ वटा गाविसहरुमा सञ्चालन भइरहेको चौधरीले जानकारी दिए । संस्थामा रहेका एक कृषि प्राविधिकले ५ सय २० जना कृषकहरुलाई तालिम दिदै आइरहेको उनले बताए। बेमौसमी तरकारी खेतीका लागि करेला, लौका, काँक्रा, बोडी आदिका बेर्ना राख्न थालिरहेका महिलाले आफ्नो साँझ, बिहानको समय सामूहिक खेतीका लागि छुट्याउँदै आइरहेका छन्।

निमुसंगम घर्ती/अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.