फोरम लोकतान्त्रिकबाट को को बन्दैछन् कांग्रेसको केन्द्रीय सदस्य ?

कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकता हुदाँ भएको सहमति अनुरुप विजयकुमार गच्छदारले केन्द्रीय सदस्य बनाउनका लागि १५ जनाको नाम सिफारिस गर्ने लिष्ट तय गरेका छन् । निकटस्थ स्रोतका अनुसार, गच्छदारको लिष्टमा पाँच जना थारु नेताहरु छन्। जसमा रामजनम चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, जनक चौधरी र मंगल थारु छन्। गच्छदारले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सल्लाहमा लिष्ट तयार गरेको बताइएको छ।

यस्तो छ गच्छदारको लिष्ट

१ विजयकुमार गच्छदार सुनसरी
२ रामजनम चौधरी कैलाली
३ भारतेन्दु मल्लिक झापा
४ मोहम्मद नसिर सिद्धिकी सिरहा
५ योगेन्द्र चौधरी दाङ
६ महेश कर्मोचा ओखलढुंगा
७ गोपाल दहित बर्दिया
८ यशोदा कुमारी लामा धनुषा
९ कृष्णप्रसाद दुलाल मोरङ
१० शिवकुमार गुर्छमान सर्लाही
११ हरिप्रसाद न्यौपाने काठमाडौं
१२ जनक चौधरी कैलाली
१३ गणेश लामा काभ्रे
१४ मंगल थारु बर्दिया
१५ विरेन्द्र नेपाली पर्सा

Leave a Reply

Your email address will not be published.