छातीमा गोली खान तयार छु तर कैलाली-कञ्चनपुर टुक्रिन दिन्न : लक्ष्मण थारु

Laxman Tharu

धनगढी- फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले नेपाली कांग्रेसले ल्याएको ६-७ प्रदेशको प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। धनगढीमा आयोजित एक कार्यक्रममा उनले सो प्रस्ताव पञ्चायती र यथास्थितिवादीको जस्तो भएकाले कुनै हालतमा मान्य नहुने बताए। उनले भने, ‘छातीमा गोली खान परेपनि ७ प्रदेश मानिँदैन। यो कैलाली र कञ्चनपुरलाई टुक्र्याएर थारुको पहिचानलाई मेटाउने प्रयास भएको छ।’

थरुहट तराई लोकतान्त्रि परिषद्का अध्यक्षसमेत रहेका थारुले कांग्रेसको प्रस्तावमा एमालेले मौन समर्थन जनाएको आरोप लगाए। उनले वर्षौंदेखि उत्पीडनमा परेका वर्गलाई पुनः अधिकारविहीन बनाउने प्रपञ्च रचिएको बताए। ‘यस्तो संघीय प्रदेशले न तराईको विकास हुन्छ, न पहाडको,’ उनले ठोकुवा गरे।

आदिवासी थारु, मधेसी, मुस्लिम, पहाडीलगायत समुदायको अकअधिकार सुनिश्चित गर्न तराईको कञ्चनपुरदेखि चितवनसम्मका जिल्लालाई समेटेर एक प्रदेश बनाउनुपर्ने उनले माग गरे। उक्त प्रदेशलाई ‘थरुहट’को विकल्पमा अरु पनि राख्न सकिने उनले बताए।

उनले कैलाली र कञ्चनपुरप्रति आफू गम्भिर रहेको बताउँदै अखण्ड सुदूरपश्चिम आन्दोलन गरेर जनतालाई दुःख दिने काममात्र गरेको आरोप लगाए। शेरबहादुर देउवा र भीम रावललाई लक्षित गर्दै लक्ष्मण थारुले भने, ‘थारु र पहाडीबीच वैमनस्यता सिर्जना गर्न छाड्नुपर्छ। सुदूरपश्चिम आन्दोलन र थरुहट/थारुवान आन्दोलन पनि थारु र पहाडी समुदायबीच भएको होइन। यो त शासक र शोषित वर्गबीचको लडाइँ थियो।’

5 thoughts on “छातीमा गोली खान तयार छु तर कैलाली-कञ्चनपुर टुक्रिन दिन्न : लक्ष्मण थारु

  1. अहिले कतिपय पाखण्डीहरु कैलाली कंचनपुरका आदिवासी थारुहरुको मुखमा बुजो लगाउन कैलाली र कंचनपुरको हकमा केन्द्रले बोल्नुहुन्न हामी जिल्लास्तरमा कुरा मिलाउँछौं भनी ठूलो षड्यन्त्र एवं तानाबाना बुनिरहेका छन् । यसबाट समुदाय सदैव सजग हुनुपर्छ । सामन्तवादलाई काँध थाप्दै पंचायती मूर्दालाई उत्खनन गर्न शकुनीहरु सल्बलाइरहेका छन् । यस्तो अवस्थामा लक्ष्मण जीको यो बुलन्दी आवाजप्रति सलाम गर्दा अन्यथा नहोला ।

  2. कैलाली र कञ्चनपुरलाई कुनै पनि हालतमा टुक्रिन दिनुहुन्न । अखण्ड सुदुरपश्चिम विरुद्ध जीउ ज्यान लगाएर लाग्नुपर्छ । थारु पहिचान मेटाउने काम नेपाली कांग्रेस र एमालेले गरिरहेका छन त्यसैले सवै थारु अगुवाहरु आउनुस एकै ठाउँमा जम्मा भई आन्दोलनको तयारी गरौं ।

  3. कुनै पनि थारुवान जिल्लाहरुलाई टुक्रिन दिनु हुन्न। अहिलेको स्थितिमा खासमा कंचनपुर र कैलाली काँग्रेस, एमाले र मण्डलेहरुको निसाना बनेका छन्। यस्तो घडिमा लक्ष्मणजीको बाण यी बिखण्डकारीहरुको छातिमा लागोस्।

  4. pradesh kati wata banne kitan nahudasamma namankanko bishya thulo bujhaee aaphainma almal garaune khalko dekhinchh. Jab sanghyatako sabal uthchh kunai nishkarsa chhain. nishkarsh bihin mudama Nepali congress almama bhaye jastai sambidhan sabhama sahbhagi dal haru almalma chhan. yo nai sakatko karan baneko ho. tyaskarn afno afno prastav lyaune kam ramro dekhin6.

  5. Kanchanpur dekhi Chitwan samma eutai pradesh hunuparcha. Tyo pradesh “Tharuhat” bho bhane malai swikarya cha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *