पहिचान माग्दै कांग्रेस एमालेका जनजाति सभासद सडकमा

strike

पहिचानसहितको संघीयताको पक्षमा दवाब दिँदै आएका आदिवासी जनजातिसम्बद्ध संघ संस्थाहरुले आन्दोलन जारी राखेका छन् । माघ ८ लाई लक्षित गरी जनजाति संघ- संगठनले गरेको बानेश्वर केन्दि्रत प्रदर्शनमा कांग्रेस र एमाले जनजाति सभासद पनि सहभागी बनेका छन् ।

प्रदर्शनमा सत्तारुढ दलकै सभासद

बुधवार बिजुलीबजारमा जनजाति महासंघले छुट्टै प्रदर्शन गरेकाे थियाे । जनजाति महासंघले गरेको विरोधसभालाई कांग्रेस र एमालेका सभासदले समेत सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष तथा भर्खरै संविधानसभामा मनोनित कांग्रेसका सभासद नागेन्द्र कुमालले विगतमा आदिवासी जनजातिसँग भएका ९ बुँदे र २० बुँदे सहमतिबाट आफुहरु कुनै पनि हालतमा पछि नहट्ने बताए ।

विरोधसभालाई जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी, महासंघका महासचिव तथा एमाले सभासद पेम्बा भोटेले पनि सम्बोधन गरे । विरोधसभामा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शान्ति जिरेलले पहिचानसहितको संघीय संविधान नै जनजातिको मुख्य माग रहेको बताइन् ।

पद्मरत्न मोर्चाको बेग्लै प्रदर्शन

पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाललले पनि बुधबार दिनभर बिजुली बजार क्षेत्रमा प्रदर्शन गरे । पद्मरत्न नेतृत्वको जनआन्दोलन नेपालको अगुवाइमा भएको प्रदर्शनमा एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चा तथा मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी कार्यकर्ताहरुको पनि साथ थियो । आदिवासी जनजाति संघ संस्थाहरुले विभिन्न झाँकीसमेत प्रदर्शन गरेका थिए । तुलाधर नेतृत्वको आदिवादी जनजाति राष्ट्रिय आन्दोलन नेपालले विहीबार पनि संविधानसभा घेराऊ कार्यक्रम जारी रहने जनाएको छ ।

अनलाइनखबरबाट साभार

Leave a Reply

Your email address will not be published.