‘थारु सभासद्हरुले थपडीमात्र बजाए’

Tharu Student Socity

रमेश चौधरी– सर्वप्रथम ऐतिहासिक थरुहट आन्दोलनका विर शहिदहरु कमल चौधरी, विपिन क्षेत्री , रामप्रसाद चौधरी र प्रकाश चौधरी र धन बादुर थनेत लगायत ज्ञात आज्ञात सहिद प्रति हार्दिक समवेदना प्रकट गर्दै घइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित जय थरुहटको न्यानो अभिवादन व्यक्त गर्दछौं।

आदरणिय गरिमामय बन्द सत्रका अध्यक्ष मण्डल ज्यू (निर्वाचन मण्डल), उपस्थित देशभरीका विभिन्न क्याम्पस जिल्ला तथा उपत्यकावाट पाल्नु भएका सम्पूर्ण परिवर्तनगामी विद्यार्थी प्रतिनिधि सहकर्मी मित्रहरु लगायत अतिथि ज्यूहरु थारु विद्यार्थी समाज, शताब्दीयौदेखी दमन र उत्पिडनमा परेका , पारिएका थारु जाती प्रति गरीएको शैक्षिक विभेद सहित सबै खाले विभेदको अन्त्य गर्ने मुख्य उद्देश्यका साथ २०५२ साल भाद्र १७ गते काठमाडौंमा स्थापना गरीयो । देशभरीकै सम्पूर्ण थारु विद्यार्थीहरुको गौरवशाली बलिदान पूर्ण इतिहास बोकेको सचेत सशक्त संगठीत विश्वास योग्य शाझा मंच थारु विद्यार्थी समाजले स्थापनाकाल देखी नै थारु समुदायले भोग्दै आएका शैक्षिक सामाजिक संस्कृतिक तथा राजनैतिक समस्याहरु प्रति संवेदनशिल बन्दै उक्त समस्याहरुलाई संम्बोधन गर्न गराउन तथा आफ्नो हक र अधिकार प्राप्तीका लागी बलिदानीपूर्ण एैतिहासिक थरुहट आन्दोलनमा नेतृत्वदायी भूमीका निर्वाह गरीसकेको यथार्थ छ । यसैक्रममा यस संगठनले पाँच वटा राष्ट्रिय महाधिवेसन सम्पन्न गरीसकेको र छैठौ राष्टिय महाधिवेशन थरुहट स्वायत्त प्रदेश सहितको संघिय संविधान सर्वसुलभ रोजगारमूखी शिक्षा प्रणलीको हाम्रो अभियान भन्ने मूल नाराका साथ सफल बनाउन लागी परेका छौ । त्यसैले यो स्वर्णिम अवसरमा यस महाधिवेशन अधिकार प्राप्तीको आन्दोलनको रुपमा उद्धोष गर्दै उपस्थिति अध्यक्ष मण्डल प्रतिनिधि लगायत सम्पूर्ण अतिथि गणमा हार्दिक स्वागत तथा जयथरुहटको संघिय अभिवादन गर्दछु ।

बिषय प्रवेश

आदरणिय प्रतिनिधि साथीहरु ,

यो छैठौ राष्टिय महाधिवेशन थारु विद्यार्थी समाजको संगठनीक जिवनमा एकदमै महत्वपूर्ण अवसरको रुपमा हेरीएको छ । अज थारु विद्यार्थी समाजको झण्डा मूनी देशभरीको थारु विद्यार्थीहरु गोल बन्द भएको छ भने सो बमोजिमका कडा चुनौती र जिम्मेवारीहरु आईपरेका छन् । २१ औ शताब्दीको विज्ञान र प्रविधिको विकाशले मानब समूदायमा प्रवेश पाएको चेतनावाट थारु विद्यार्थी समूदाय पनि स्वभाविक रुपले प्रभावित भएको छ र विकसित मनोविज्ञान को रुपमा समस्यालाई नजिकवाट बुझिएको छ । राज्यले उब्जाएको समस्याहरु त यथावत छदै छ भने आफै थारुहरु विचमा फरक फरक मान्यता विचार तथा आपसी मन मुटाव साथै विशेष गरीकन एकले अर्काको नेतृत्वलाई स्विकार्न नसक्ने परीपाटी रहेको अवस्थामा अहिलेको आवश्यकता नै थारुहरु विच एकता हो भन्ने हाम्रो ठहर रहेको छ ।

आदरणीय प्रतिनिधि साथीहरु

थारु विद्यार्थी समाजको छैठौ राष्टिय महाधिवेशन चितवनमा सम्पन्न गर्ने यस अर्थमा महत्वपूर्ण देखिन्छ जहाँ आदिवासी थारुहरुलाई कठित उच्च जातीले राज्यको आडमा राजनितिकरुपमा वहिसकरण अर्थिक रुपमा शोषण र सास्कृतिक रुपमा दमन गरेको साथै हाम्रो पहिचान मेटाउने षड्यन्त्र को विरुद्धमा ऐतिहासिक थारुहट आन्दोलनका प्रथम सहिद बलिदानी दिएको अवस्था छ । यसर्थ विर सहिदको सपना राज्यमा पहुँच समानुपातिक प्रतिनिधित्व थरुहट स्वायत्त प्रदेश सहितको संघिय संविधान अधिकारको ग्यारेन्टी गराउनका लागी यस एैतिहासिक प्रर्यटकीय नगरीमा सम्पन्न भई रहेको छ ।

यस चितवनमा थारुको एैतिहासि धरोहरलाई देश व्यापी रुपमा प्रचार प्रसार गर्दै त्यसको संरक्षण र संवर्धन गर्नको लागी विशेष गरी कन यस थरुहटको भूमी चितवनलाई कुनै पनि बहानामा पहाडको भूगोलमा गाभ्न नदिनका लागी पनि यस महाधिवेशनको भूमिका महत्वपूर्ण रहने छ ।

ऐतिहासिक पृष्ठ भूमी

थारु विद्यार्थीहरुको संगठन अनौपचारीक रुपमा निंकुश पंचायती शासन व्यवस्थामै सुरुवात भएको इतिहास सुन्न पाईएको छ । विरगंजमा थारु विद्यार्थीसंघ तथा त्रिभुवन विश्व विद्यालय कृतिपूरमा थारु विद्यार्थी संगठन रहेको थियो त्यसै गरी २०४४ साल नेपालगंजमा थारु विद्यार्थी परिवार राजविराजमा थारु विद्याथी यूनियन गठन भएको थियो र परिवार अझ सकृय रहेको अवस्थामा छ । र एकताको पहल भईरहेको छ । २०४६ सालको जनआन्दोलन पश्चात देशमा आएको राजनितिक परिवर्तनले संगठित हुने अधिकारको ग्यारेन्टी गरे पछि सर्वत्र थारु विद्यार्थीहरुको संगठन खोल्ने क्रम बढेको देखिन्छ ।

आदरणिय साथीहरु

क्षणिक मौजका लागी खोलीएको संगठनहरु त्यही अनुसार विलय भयो जस उपरान्त उच्च शिक्षा हासिल गर्न कठमाडौं उपत्यका आएका थारु विद्यार्थीहरु संगठनको आवश्यकतालाई महशुस गर्दौ २०५२ साल भाद्र १७ गते रेसम चौधरीको अध्यक्षतामा प्रथम चोटी ऐतीहासिक थारु विद्यार्थी समाज केन्द्रीय तदर्थ समिति गठन गरीयो । यसलाई पनि अगाडी बढाउन भरपूर पयात्न गरे पनि २०५४ साल सम्म नियमित वैठक बस्न नसकेको अवस्थामा रहयो जसको कारण फेरी पनि पुनरगठन गरियो त्यस पश्चात यस संगठन लाई अतिरिक्त कृयाकलापहरु सम्पन्न गर्दे यस संगठनलाई गति दिन प्रयास त गरे तर वैधानिक अढ्चनका कारण सो अनुसार चल्न सकेन फलस्वरुप २०५६ सालमा थारु विदार्थी समाजको विधान औपचारीक रुपमा निर्माण गरी २०५७ साल बैशाख १४ विधिवत रुपमा जि. प्र. का. काठमाडौंमा दर्ता गरीयो त्यसपश्चात विधिन्न क्याम्पसहरुमा इकाई कमिटिहरु गठन हुन पूग्यो । यसरी विकाश क्रम २०५६ सालमै थारु विद्यार्था समाज आदिवासि विद्यार्थाी महासंघमा आवद्ध हुन पूग्यो २०५७ साल मंसिरमा भएको उपत्यका भेलावाट राष्टिय भेला गराउने निर्णय गरेपछि राष्ट्रिय संम्मेलन चैत्र ४ देखी ६ काठमाडौंमा गर्ने बैठकले निर्णय पारीत गरियो फलस्वरुप प्रथम राष्ट्रिय संम्पन्न गरी थारु विद्यार्थी समाजको कार्य दृष्ट्रिकोण लक्ष्य र उद्देश्य सहितको त्यसको वाटो निर्धारण गरे भने विधानलाई व्यापकता प्रदान गरी संगठनको नयाँ संरचना पारित गरीयो त्यस पछि सिराहाको लहानमा दोस्रो कैलालीको धनगढीमा तेस्रा र दांङको घोराहीमा चौथो र मोरंङको विराटनगरमा पाचौ राष्टिय महाधिवेसन समपन्न भएपनि बन्द सत्रमा उत्पन्न असहज परिस्थितिका कारणवाट समाज संगठनिक रुपमा अगाडी बढ्न नसकेको अवस्थालाई मध्य नजर गर्दै करीब १३ महिना पछाडी बाराको पठलैयामा २०६७ चैत्र १६ गते विशेष राष्ट्रिय भेला बालाईयो र विराटनगरमा भएको निर्वाचनलाई बदर गर्दै नयाँ नेतृत्व चयन गर्न सफल भयौ र आज हामी छैठौ राष्टिय महाधिवेशन को संहारमा उभिएका छौ ।

राष्ट्रिय परिस्थिति

नेपालको भैगोलिक एकीकरण तथा राज्यको अतिक्रमण पश्चात देशमा संक्रमण काल विद्ययमान रहेको देखिन्छ । लामो समय देखी शक्तीमा रहेको शासक भनाउदा जातीहरु आफ्नो एकाधिकार वर्चस्व वरकरार राख्नका लागी विभिन्न निर्णयहरु आफुनो अनुकुल गरेर जनताको भग्य निर्धारण गर्ने थलोको रुपमा रहेको पहिलो संविधान सभालाई विघटन मात्र हैन हत्या गर्ने दुशप्रयास गरियो र दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो । जसमा पूर्ण समानुपातीक प्रतिनिधित्वको प्रणाली नभए पनि अपेक्षाकृत थारु सभाशदहरुको उपस्थिति रहेको पाईन्छ ।

आदरणिय प्रतिनिधि साथीहरु,

देस्रो संविधान सभाको निर्वाचन पश्चात गठित संविधान सभाले शोषण उत्पिदन र बहिस्करणमा परेका जात जाती र समुदायको पक्षमा संविधान जारी हुन्छ या हुदैन भन्ने कुरामा पनि शंका नभएको चाही होईन एक लौटी मनोमानी रुपमा उच्च खस अहंकारवादलाई सुरक्षित संस्थागत गर्न फेरी पुरातनवादी संविधान जारी गर्न उद्यत देखीन्छ । यदी यसैलाई बढावा दिईयो भने यो देशमा शान्ती र संमृद्धिको साटो दृर्घकालीन रुपमा आपसि द्धन्द्ध मात्र होईन गृह युद्धको चपेटामा पर्ने प्रवल संभावना देखिएको छ । यो देश सुकिला मुकिला मोटा शासकहरु आफ्ना स्वार्थ सिद्धिका लागी विभिन्न प्रोपोगान्डा फैलाएर फेरी पनि शासन सत्ता एकाधिकार कायम राख्न लालायीत छन् ।

आदरणीय प्रतिनिधि साथिहरु ,

देशमा लामो समय देखी शासान सत्तामा कब्जा जमाई बसेका एकल जातीय असल शासन प्रशासन केन्द्रीकरण एकात्मक राज्यको नामवाट प्रताडित समुदायलाई राज्यमूलधारमा ल्याईदेशलाई शान्ती र समृद्ध बनाउनका लागी पहिचान सिहितको संघियता पूर्ण समावेशी प्रतिनिधित्व प्रणली राज्यको पूर्नसंरचना गर्न जारुरी देखीन्छ । शान्ती प्कृयालाई निस्कर्षमा प¥ूयाउन सबै उत्पिडन शोषन दमनमा परेका जात जातीको अपनत्व संविधान जारी हुन पर्छ अहिले महान जनआन्दोनको उपलब्धी थरुहट आन्दोलन जानजाती आन्दोलन दलित, मुश्लीम अल्प संख्यक तथा मधेशी तथ महिला आन्दोलनका उपलब्धीहरु संकटमा परेको छ । यसलाई संस्थागत गर्नुको साटो बल्झउने काम भएको छ । सम्पूर्ण राजनितिक प्रकृया राज्य संयन्त्र एकल पुरातनवादी सोचवाट चालिरहेको छ । राज्य पूर्ण रुपेण निरन्तर एक जात एक भाषा एक भेषवाट चालीरहेको छ । यसै गरी साहसीक थरुहट भूमीका ६ जिल्ला जसमा कैलाली, कंचनपूर, चितवन, उदयपूर, सुनसरी, मोरंग र झापालाई पाहाडमा गाभिएर थारुको पहिचान र अस्तित्वलाई मिटामेट पार्ने दुसप्रयास गर्दै छ साथै फुटाउ र राजकिय नितिले थारुलाई अल्पमतमा पारेर राजनितिक भविश्य साखाप पार्ने षड्यन्त्र गर्दै छन् ।

आदरणिय प्रतिनिधि साथिहरु ,

एकल खस शासकहरुले ताराई थारुहट भूमीको पहिचानलाई नामेट पार्नेका लागी मधेस र मधेसी शब्दको देशमा रहेको मुख्य गरिकन कथित मधेसी भनाउदाहरु भारतवाट रोजगारका लागी भित्रिएका हुन र थारुहरुलाई मधेशी र थारुहट भूमीलाई मधेश बनाउने कुचेस्टा गरे जसलाई उच्च खसवादले भरपूर सहयोग प¥याएको अवस्था देखिएको छ ।

आदरणिय प्रतिनिधि साथिहरु ,

देशमा मुख्य गरीकन प्रमूख दलका शिर्ष नेतृत्वहरु समावेशीताको खोल आढेर बाहुन वादी आचरणलाई अगाडी बढाएको छ । समाजवादको नाउँमा नातावाद र कृपावाद जनवादको नाउँमा खाटी बाहुन वादलाई प्रोत्साहन गरी बंश वादलाई बढावा दिएको छ । बाहुन र क्षेत्रीको नेतृत्व स्विकार्नु पार्ने वाध्य पारिएको छ । विशेष गरी कांग्रेस एमाले, एमाओवादी जस्ता ठुला राजनितिक दलहरु उदार बाहुनवाद नातावाद कृपावाद तर्फ अग्रसर भएका प्रस्ट देखिन्छ । आफ्नो लाभकोलागी प्रयोग गर्ने र पछि मिल्काउने प्रवृतीको प्रवद्र्धन गरेको पाईन्छ । त्यसैले हामीले उठाउदै आएका राष्ट्रिय मुद्दाहरु बन्ने नयाँ संविधानमा ग्यरेन्टी गर्न गाराउनका लागी र तोकीएकै समयमा राम्रो र हाम्रो संविधान जारी गाराउन आन्दोलनको विकल्प नरहेको हाम्रो ठहर छ ।

अन्तर्राष्ट्रिय परिस्थिति

जातीय मुक्तिको लडाई विश्वभर नै फिजिएको छ र दक्षिण एसियाको रुप हेर्ने हो भने अफगानिस्तान, भारत, श्रीलंका, पाकिस्तान समेत सशस्त्र युद्रबाट अछुतो छैन । यस प्रकारले शासक वर्ग आदिबासीहरुलाई विश्वभरी नै उत्पीडनमा पार्दै आएको स्थिति छ । आदिबासीहरुको पहिचान दिनानुदिन लोप हुने क्रम बढ्दो छ । फलस्वरुप राज्यको निर्णायक तहमा जहाँ पनि गैर आदिबासीको वर्चश्व कायम देखिन्छ । विश्वभर चल्ने दमन जातीय उत्पीडनकै स्वरुपमा छन् र सशस्त्र युद्ध कहिन कहि जातीय मुद्दासंगै जोडिएर आएको हुन्छ । तसर्थ राजनीतिक हिसाबले वर्गीय आन्दोलन संचालन गर्ने विचारले समेत जातीय मुद्दालाई अलग ढंगले विश्लेलन गर्न सकेको देखीदैन तर फरक यति हो की वर्गिय मुद्दा समाधान गर्ने प्रकृयामा जातीय मुद्दालाई गौण ठानेर जाने आँट कसैवाट पनि अब नहुने प्रष्ट भै सकेको छ । त्यसैले जातीय स्वायक्तको चरित्रलाई संवोधन गर्न दबाब राज्यलाई दिइएको छ ।

आदणीय प्रतिनिधिपर्यवेक्षक साथीहरु ,

विश्वभर आदिवाशीहरुले उठाएको आन्दोलनको बलमा संयुक्त राष्ट संघले समेत आफ्नो मातहतमा आदिवासी स्थायी मंच गठन गरेको छ । आदिवासी अधिकार संम्बन्धी राष्ट संघिय घोषणपत्र विभिन्न देशहरुले अनुमोदन गरी सकेको छ अन्र्तराष्ट्रिय श्रम संगठन (क्ष्ीइ) ले अभिसन्धि १६९ पारित गरी सदस्य राष्टहरुले अनुमोदनकालागी दवाव दिई रहेको छ । नेपालले पनि आदिवासी अधिकार संबन्धी संघिय घोषणापत्र ९ग्ल्म्च्क्ष्ए० क्ष्ीइ १६९ अभिसन्धीलाई २०६४ भाद्र ५ मा अनुमोदन गरी सकेको छ । त्यसैले ९ग्ल्म्च्क्ष्ए० ) क्ष्ीइ १६९ ले आदिवासीलाई दिइएको अधिकार सरकारले प्रमख राजनैतिक दलहरुका नेता तथा सभासदहरुले बन्ने संविधानमा समावेस गनुपर्दछ ।

जनजिविका र राष्टियताको सवालः

दास्रो संविधान सभाको निर्वाचन पश्चात साकार बनेको भण्डै एक वर्ष भई सक्दा पनि जनता हरु राहतको महसुस गर्न सकिरहेको छैन , असुरक्षा बढ्दै गईरहेको छ । दैनिक उपभोगको सामाग्रीको महंगीले जनताहरु कठिनाई महसुस गरीररहेको छ । सरकार हाम्रो हाईन भन्ने मनोविज्ञान बढेको परिस्थिति छ । त्यसैले सरकार जनताको जनजिविका संबन्धी समस्या समाधान तर्फ अग्रसर हुनु पर्छ । अहिले संविधान निर्माणको प्रकृयामा छ । बहुराष्टिय नेपाली समाजको बस्तुगत अवस्था र आवश्यकता र समस्या संबोधन गर्ने गरी संविधान निर्माणको बहस जारी छ । विदेशी राष्टहरुले आफ्नो साथै अनुकुल नेपाली राष्टमा आय आउने गरी खुलेयाम राजनैतिक हस्तक्षेप गरी रहेको अवश्था छ । कुठनितिक कर्यादाको ख्यल नगरी आफ्नो स्वार्थ भन्ने संविधानमा संस्था गत पैरवी रहेको छ ।

थारु सभसदहरु प्रति हाम्रो दृष्टिकोणः

संविधान सभा निर्वाचनमा देशभरिकै थारु उम्मेदवार जिताउनका लागि चलाउने अभियान गरे पश्चात पूर्ण रुपमा जिताउन नसके पनि अपेक्षाकृत सभासद जिताउन सफल भएको छ । तर थारु सभासदहरु संविधान सभामा सविधान निर्माण प्रकृयामा थारुको पक्षमा भन्दा आफ्ना दलको नेता महानेतालाई खुसी पर्नका लागी आफ्नो धरातललाई विर्सेर ताली बजाउने काम बाहेक अरु देखिएको छैन । दलको दलदलमा फसेर माथी उठ्न नसक्ने अवस्थामा रहेको पाईन्छ । जसको कारण हाम्रो अधिकारहरु स्थापित हुनवाट बन्चित हुने अवस्थामा छ । त्यसैले थारुको हक र अधिकार संविधान सभावाटै स्थापित गराउन थरुहट स्वायत्त प्रदेस सहितको निर्णयको लागी था.वि.स. ले नेता र सभासदहरुलाई दबाब सृजना गर्दै देश व्यापी सडक संघर्षको कार्यक्रम अगाडी बढाउने छ ।

राजनैतिक विद्यर्थी संगठनहरु प्रति हाम्रो दृष्टिकोण

प्रत्येक राजनैतिक विद्यार्थी मोर्चा आ–आफ्नो संगठनको मातहतमा संचालन गर्दै आएको छ । ती विद्यार्थी संगठनहरुले स्ववियू निर्वाचन मार्फत आफ्नो हैसियत देखाउने गरेको छ भने विद्यर्थीहरुको अधिकारका सवाललाई संगठनको निति र मातृसंगठनको स्थिति बमोजिम उठाउने गरेकोले विद्यर्थी आन्देलनले अपेक्षा गरेको परिणत प्राप्त गर्न सकेको देखिदैन स्ववियूको सत्ता जुन संगठनको पोल्टामा जन्छ त्यहाँ घोषणपत्र मार्फत जारी गरेका प्रतिवद्धताहरुको सानो अंश पनि पुरा गर्न नसकेको स्थिति देखिन्छ । स्ववियू निर्वाचनको वेला मात्र भ्रष्टाचारका आवाज उठ्ने गरेको तर भ्रष्टाचार छानविनका लागी कुनै संयन्त्र निर्माण नगरेकोले चुनावी माहौललाई ताताउन ती सब गतिविधि आगाडी बढाउने गरेको पाईन्छ । यो रुपमा देखिएको राजनैतिक संगठनहरको चरित्रले अधिकार प्रप्तिको आन्दोलनलाई विद्यार्थीहरुको विचमा मात्र प्रचारात्मक उद्देश्यले संचालन गर्ने तर मातृसंगठनहरुको जो ले झोले भएर सत्ता जुठो पूरोमा रम्ने गरेको पाईन्छ ।

वर्तमान शिक्षा प्रणाली र वहसको प्रश्नः

देश सघियतामा प्रवेश संगै शिक्षा प्रणालीमा बहस सुरु भएको छ । हालको शिक्षा देशको बस्तु स्थिति सुहाउदो छैन केन्द्रिकृत शैलीको सर्वनेपालीको भाषा, संस्कृति, इतिहासलाई सम्बोधन गर्ने खालको छैन । शिक्षामा व्यापारीकरण गरिएकोछ । शिक्षा प्राप्ति धेरै मंहगो छ । शैक्षिक बेरोजगार उत्पादन गर्ने बुजुर्वा प्रणाली छ । महगो शिक्षा प्रणालीले गरिवका छोरा छोरीले उच्च शिक्षा हासिल गर्ने बाट बन्चित भएको

२१ औं शताब्दीको विश्वव्यापीकरण र प्रविधिको विकाससंगै साथै नेपाली समाजको सामाजिक बनोट र आवश्यकतालाई सम्वोधन गर्ने शिक्षा प्रणलीको बहस सुरु भएको छ । अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको जनशक्ति उत्पादन गर्न प्रविधियुक्त शिक्षा प्रणलीको मार्ग भइरहेको छ । त्यसैले शिक्षामा आइ परिवर्तन गरी संघिय शिक्षा प्रणालीलाई स्थापना गराउन दवाव दिनु पर्दछ । जुन शिक्षा प्रणालीले देशको श्रम बजारको आवश्यकता माग अनुसारको जनशक्ति उत्पादन गर्दछ र शैक्षिक बेरोजगार घटेर जान्छ । सर्वसुलव प्राविधिक शिक्षालाई उक्त शिक्षा प्रणलीले आंगकार गर्छ । बहुभाषिक शिक्षा निः शुल्क उच्च शिक्षा प्राप्तिको ग्यारेन्टी गर्दछ ।

आगामी कार्यभार

एकता को पहलमा थारु विद्यर्थाी समाज

थारुका विभिन्न संघसंगठनहरु छन् र सबै संघ संगठनहरुले थारु आदिवासीहरुको हक र अधिकारका लागी संघर्षरत र कृयासिल छन् सबैको उद्देश्य र गन्तव्य एउटै छ । त्यसैले साझा मुद्दा र अधिकारका निमित्त एउटै मोर्चामा संगठित भएर अगाडी बढ्नु पदैछ । र त्यसका लागी थारु विद्यार्थी समाज पहल र भुमिका लिनु पर्दछ । साथै थारु विद्यार्थी परिवारलाई यसैसमाज भित्र आवद्ध गराउन पहल गर्ने ।

दवाव र जागरणको भुमिकामा थारु विद्यार्थी समाज

संविधान सभामा संधियता लगायत ४ वटा विवादित विषयहरु छलफलको क्रममा छ । त्यसैले थरुहट स्वायत्त प्रदेश, समावेसी राज्य र समानुपातिक प्रतिनिधित्व लगायतका सवालहरुसंविधानको खाका तयार गरीरहेको छ । उक्त खाका राय सुझावको लागी जनतामाझ जाने छ , यस राजनैतिक तरल अवस्थामा विभिन्न विषयगत प्रतिवेदनहरुमा हाम्रो हक अधिकार समेटिएन कोर्दै गरेको खाकामा हाम्रो सवालहरु समेट्ने , लेख्ने कार्य भएको छ की छैन आदि वारे हाम्रो समूदायलाई सचेत गराउन जागरुक बनाउन अन्र्तक्रिया गर्ने वहस छलफल गर्ने ज्ञापनपत्र बुझाउने काम यस समाजले गर्नु पर्दछ । साथै संवैधानिक रुपमा सवाल र अधिकारहरुलाई सुनिश्चित गराउनका लागी योजनावद्ध संंघर्षको थालनी गर्नु पर्दछ ।

तोकिएकै समयमा संविधान निर्माण हाम्रो सरोकार

वर्षौ पहिला देखी केन्द्रिकृत शासन र सामन्ती शासक वर्गले यहाँका थारु आदिवासी दलित मधेशी र महिलाहरुलाई शोषण दमन राज्यवाट र राजनैतिक रुपमा वहिस्कारमा परी राज्यले असमान व्यवहार गरे । शोषण दमनवाट उमुक्ति पाँउन राज्यमा समान सहभागीता सुनिश्चित गर्नु पर्दछ संघिय संविधान र शक्तिको समान वाडफाड गर्नु पर्दछ। त्यसैले सबैको चाहना र आकांक्षा प्रतिविम्वित भएको संविवधान तोकीएकै माघ ८ मा ल्याउनको लागी यस समाज दवाव दिनेछ ।

थरुहट स्वायत्त प्रदेशसहितको संघीय संविधान

२५० वर्ष पुरानो यकात्मक र सामन्ती शासन सत्तालाई २०६२-०६३ र मधेस आन्दोलनको बलले देशमा संघिय व्यस्था स्थापित भयो । देशमा विद्यमान जातीय क्षेत्रिय लैंगिक विभेदको अन्त्य गर्दै बर्षैा पहिला देखी राज्यको मुल प्रवाहवाट बन्चित भएका राज्य द्धारा पछाडी पारीएका यहाँका आदीवासी थारु दलित मधेसी मुस्लिम लगायतलाई बन्ने संविधानमा उनीहरुको हक र अधिकार लाई सुनिश्चित गर्न पर्दछ । यस समाजले राज्यको पूर्नसंरचना गर्दा पूर्वमा भापा देखी पश्चिममा कंचनपूर सम्म दक्षिणमा सिमाना र उत्तरमा चुरे चार किल्ला लाई थारुहट क्षेत्र निर्धारण गरियोस भन्ने माग गर्दछ। साथै उक्त क्षेत्रलाई बहस र छलफल र सहमतीको आधारमा मति वटा थारुहट स्वायत्त प्रदेस बनाउने भन्ने निर्णमा पूग्न सकिन्छ ।

सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी को पद्धती निर्माण

थारु विद्यर्थी समाज सामुहिक नेतृत्वमा अगाडी बढ्ने संगठन हो र जति एक अर्का विचको सम्बन्ध असल र मजबुत देखिन्छ । सोही बमोजिम संगठनको गतिविधि तिव्र पार्न सकिन्छ । संगठनको पद्धती भित्रै पदाधिकारीहरुले विकास गर्नु पर्ने मुल्य मान्यताहरु अति महत्व राख्दछ । तिनै मुल्य र मान्यताका आधारमा संगठनको गतिविधि लाई व्यवस्थित गर्न थुप्रै भेला बैठक तथा विस्तारीत बैठक बस्नु पर्ने हुन्छ । त्यस वेला सम्म सामुहिक विषय वस्तुमा छलफल गर्दै ठोस निर्णयहरु लिइन्छ । र योजना वद्ध तरीकाले गतिविधि संचालन गरीन्छ । हाम्रो संगठन भित्र पनि स्वतन्त्ररुपले पदाधीकारीहरुले भावना व्यक्त गर्ने वातावराण बन्नु पर्छ यसरी सामुहीक छलफलवाट निकाल्ने निस्कर्ष नै संगठनको निर्णय मानिन्छ । र योजाना निर्माण प्रकृया सामूहीक र व्यक्तिगत रुपमा विशिष्टिकरण गरीए पश्चात संगठनवाट पाएको जिम्मेवारी पूर्ण योगदान दिनु पर्छ पछि पदापधिकारीको मुल्यांकनको विषय ती सब थोक बन्नु पर्छ र त्यस अर्थमा समुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको पछी विकास गर्न जरुरी छ ।

सामाजिक रुपान्तरण

हामी थारुहरु इतिहासको सुरुवात देखी नै लाकतन्त्र मान्दै आएका जाती भित्र पर्दछौ तर मध्य य’गिन सामन्ती सामाजिक संरचनाको प्रभाव भित्र थारु जाती गंभिर रुपमा फस्न पुग्यो समाज विग्रहको प्रकृया बढेर सामासजक अन्तर विरोधको रुपमा लैंगीक विभेद असमानता सामाजिक विभेदलाई तफै समाजलाई डो¥यायो त्यसैले थारु समाजमा रहेको सामाजिक कुसंस्कार विकृति पछौटे पन लैंगीक हिंसा अशिक्षा र अन्ध विश्वास लाई न्यूनिकरण गर्दै सम्मुन्नत र संस्कारीत समाज निर्माण का लागी अग्रसर रहनेछ ।

भावी कार्ययोजनाहरु

१) संगठन सुदृढिकरण र प्रगतिको विकास

क) संगठन गठन एवं पुर्नगठन व्यापक बनाउने

ख) नियमित बैठक बालोउने ।

ग) निर्देशन परिपत्र पठाउने तथा रिपोर्टि गर्ने ।

घ) वार्षिक कार्य योजना निर्माण गर्ने र बजेट तयार गर्ने ।

ड.) प्रशिक्षण, तालिम सञ्चालन गर्ने ।

च) सदस्य संख्या वृद्धि गदै लैजाने र नियमित नवीकरणको प्रकृ्रया थालनी गर्ने ।

छ) अनुशासनलाई कडाईका साथ लागू गर्ने ।

ज) राष्ट्यि र अन्तर्राष्ट्रिय अन्र्तजातिय सम्बन्ध विकासका लागि प्रयत्न गर्ने ।

२) आर्थिक सुदृढिकरण

क) लेबी नियमित उठाउन े।

ख) सहयोग तथा शुभचिन्तकहरुसँग आर्थिक सहयोग लिने ।

ग) प्रकाशनको बिक्री वापत रकम उठाउने ।

घ) सदस्यता शुल्क संकलन गर्ने

ङ) सर्वसुलभ कोचिड. तथा ट्युसन कक्षा संचालन गर्ने

च) आर्थिक कोष स्थापना गरी सो वाट आउने व्यज संचय गर्ने

छ) थरुहट सहिद स्मृति थारु छात्रवृति अक्षय कोष वृद्धि गर्ने

३) प्रचार तथा सुचना प्रणली व्यवस्थित गर्ने

क) प्रचार विभागलाई तालिम सम्पन्न व्यक्ति मार्फत शसक्त बनाउने

ख) मुखपत्र प्रकाशन नियकित गर्ने विवरण प्रणली व्यवस्थित गर्ने

ग) पत्रकार सम्मेलन मार्फत संगठनको दृष्टिकोण सर्वजनिक गर्ने र प्रेस विज्ञप्ति समय समयमा जारी गर्ने

घ) झाकी र्याली आयोजना गरी हाम्रा मागहरु व्यापक बनाउने र शैक्षिक जागरण फैलाउने

ड.) थारु जाति अथवा थारु विद्यर्थीसमाज बारे उत्पन्न हुँने भ्रम र आशंका निर्मुल गर्ने बहस तथा अन्तरक्रिया आयोजना गर्ने

च) थारु विद्यार्थी को वेवसाइट तयार गरी कार्य दृष्टिकोण , लक्ष्य र उद्देश्यको वारेमा जानकारी गराउने ।

४) अतिरिक्त कृयाकलाप

क) थारु विद्यार्थी समूदायको शारिरीक र मानसिक विकास गर्न सहायक प्रतियोगितात्मक खेलहरु भलिबल फुटबल दौड कुस्ति आदि संचालन गर्ने

ख) हाजिरि जवाफ , निबन्ध गजल कविता गित प्रतियोगिताहरु संचालन गर्ने

ग) स्वमसेवी भावना लिएर विभिन्न महोत्सवमा स्वयंसेवक को भूमिका थारु विद्यार्थी समाजको तर्फ वाट निभाउने

घ) स्वागत तथा विदाई कार्यक्रम वनभोज कार्यक्रम, वनभोज कार्यक्रम तथा भ्रमणको आयोजना गर्ने ।

ड. ) चित्रकला बस्तुकला , प्रदर्शन योजना गर्ने ।

५) शैक्षिक मलूप्रवाहिकरण

क)मातृभाषा शिक्षा ग्यारेन्टी गराउने तथा शिक्षा क्षेत्रका ज्वलन्त समस्याहरु सुचिकरण गर्ने

ख) थारु विद्यर्थी समुदायका भाषिक संस्कृतिक तथा समाजिक विविधता लाई संबोधन हुने गरी नयाँ पाठ्यक्रम निर्माण गर्न दबाब दिने ।

ग) महेन्द्र संस्कृत विश्वविद्यालयलाई अरु भाषा भाषीको अनुसन्धान केन्द्र र पठन पाठनको व्यवस्था मिलाउन यसलाई विस्थापन गरी बहुभाषिक विश्वविद्यालय स्थापना गर्न कृयाशिल रहने ।

घ) श्रम बजारको आवश्यकता रमाग अनुसारको व्यवसायीक र सीपमा आधारीत शिक्षा प्रणाली निर्माण का लागी प्रयासरत रहने ।

अन्त्यमा,

प्रस्तावित संगाठनिक व्यापक र सकारात्मक छलफल गरी सुझाब दिई यो प्रतिबेदन पारित को लागि यो सम्मानित बन्दसत्रलाई हार्दिक अनुरोध गर्दछु ।

 

प्रतिवेदन प्रस्तुतकर्ता

रमेश चौधरी

संयोजक

सांगठनीक प्रतिवेदन मस्यौदा समिति

मिति २०७१ साल पौष ११

(चितवनको सौरहामा आयोजित थारु विद्यार्थी समाजको छैठौं महाधिवेशनमा रमेश चौधरीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन)

Leave a Reply

Your email address will not be published.