इतिहासमा पहिलोपटक थाविस महाधिवेशनको उद्घाटन सहिद परिवारबाट

Tharu Student Socity, 6th Convention-6

इतिहासमा पहिलोपटक थारु विद्यार्थी समाजको महाधिवेशन सहिद परिवारका सदस्यले उद्‍घाटन गरेका छन्। चितवनको सौरहामा समाजको छैठौं महाधिवेशन थरुहट आन्दोलनका सहिद परिवारले गरेका हुन्।

Tharu Student Socity, 6th Convention-5

चितवनका तीन सहिद कमल चौधरीका बुबा, रामप्रासद चौधरीकी श्रीमती फूलमति चौधरी र विपिन खड्काका आमा गीता खड्काले सामूहिकरुपमा पानसमा दीप प्रजल्वन गरेर उद्घाटन गरेका थिए।

Tharu Student Socity, 6th Convention-1

कार्यक्रममा थारु नेताहरुले पहिचानसहितको संघीयताको सबालमा पछि नहट्ने बताए। संघीय लोकतान्त्रिक थरुहट मञ्चकी नेतृ तथा सभासद् रुक्मिनी चौधरीले माघ ८ मा संविधान नआउने ठोकुवा गरिन्। उनले एमाले-कांग्रेसका कारण आदिवासी जानजाति तथा थारुहरुको पहिचान संकटमा परेको बताइन्। उनले थारु विद्यार्थी समाज त्यस्ता तत्वका निम्ति सजग हुनुपर्ने बताइन्।

Tharu Student Socity, 6th Convention-4

कार्यक्रममा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका सभासद् जनक चौधरीले पनि केही नेताहरुका कारण थारुहरुको पहिचान संकटमा परेको बताए। उनले पनि माघ ८ मा संविधान नआउने दाबी गर्दै पहिचानका निम्ति थारु विद्यार्थी समाजले भूमिका खेल्नुपर्ने बताए। Tharu Student Socity, 6th Convention-3

थरुहट तराई पार्टी नेपालकाय अध्यक्ष भानुराम थारुले केही नेताहरुका कारण हाम्रो पहिचान गुम्ने खतरा बढेको बताए। उनले तिनकै विरोधका निम्ति आन्दोलनको घोषणा गर्नुपरेको बताए।

थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरीले अबका दिनमा थारु विद्यार्थी समाज ब्यापकरुपमा लाग्नुपर्ने बताए। उनले अबका दिन महत्वपूर्ण भएकाले थारु विद्यार्थीहरु सजग भएर बस्नुपर्ने बताए। उनले सबै विद्यार्थी मिलेर जानुपर्ने बताउँदै पहिचानसहितको संघीयताको निम्ति विद्यार्थीहरुले प्रमुख भूमिका खेल्नुपर्ने बताए।

Tharu Student Socity, 6th Convention-2

कार्यक्रममा नेपाली कांग्रेसका सभासद तेजुलाल चौधरी, थारु कल्याणकारिणी सभा चितवन जिल्ला सभापति, थारु विद्यार्थी समाजका वरिष्ठ उपाध्यक्ष शिव चौधरी लगायतले बोलेका थिए। कार्यक्रममा थारु नृतेय पनि प्रस्तुत गरिएको थियो।

यो पनि पढ्नुस्: 

‘मधेस प्रदेश मान्दैनौं, थरुहट प्रदेश छाड्दैनौं’

Leave a Reply

Your email address will not be published.