मधेसको मानचित्र

jankraj-sapkotaजनकराज सापकोटा– नक्साको पुछारमा छ, मधेसको मानचित्र । यहांका मान्छे पनि पुछारका मान्छे हुन् । साावला वर्णका तिनीहरुसंग हेपाइका धेरै कथा छन् । ग्रीष्म ऋतुमा तिनीहरुको अनुहार चर्को धूपले बढ्तै रातो/कालो देखिन्छ । कांधमा भिरेका गम्छाहरु पसिना पुछ्दा पुछ्दै थाक्छन् । १५ माघ ०६५ मा सर्लाहीको नवलपुर पुग्दा ठ्याक्कै एक वर्षअघिको मधेस आन्दोलनको समीक्षामा मान्छेहरु व्यस्त थिए । तिनीहरुको स्वर किञ्चित चर्को थियो । अधिकार र पहिचानका यक्ष प्रश्नहरुले तिनको स्वरलाई अझै आक्रामक बनाइदिएको थियो ।

राजमार्गमा पर्ने फुच्चे नवलपुर बजार आफ्नो आागनमा कालोपत्रे राजमार्गलाई सुताएर बसिरहेको थियो । छिमेकी लालबन्दी र बर्दिबास बजारलाई कसरी जित्ने होला भनेझँ गरेर यसले गम खाइरहेको थियो । दिन बिराएर हुने बन्दका खबरले स्थानीय साहूजीका अनुहारहरु मुजा परेर खुम्चिएका थिए । चितायनको मेला सकेर फर्केकाहरुको हातमा जिलेबी, गााजा मिठाई र बुनियााका स–साना पोकाहरु थिए । कतिखेर घर पुगाँला र मिठाई खान पाइएला भनेर फुस्रा धुस्रा केटाकेटीहरु खाली खुट्टामा आफ्नो गतिलाई बढाइरहेका थिए । उमेरभन्दा बूढो देखिएका तिनका बाआमाहरु श्वासप्रश्वासको गति उच्च पार्दै केटाकेटीसंगै हिँडिरहेका थिए । ती मध्ये केही बाहरुको धोतीको एउटा कुनामा पोको पारिएको थियो, चितायन मेलामा लागेको हाटबजारमा किनिएको लामपाते सुर्ती । त्यो सुर्ती ओठमा च्यापेर पिच्च पिच्च थुक्दै तिनीहरु देश दुखेको कुरा गर्लान् कि छिमेकीले सांध मिचेको कुरा ? नेता फटाहा भएको कुरा गर्लान् कि देश बिग्रेको कुरा ? मैले त्यतातिर केही सोचिन ।

गाउँहरु गाउँजस्ता देखिदैनथे । स–साना बजारमा पनि बजारको जस्तो चहलपहल थिएन । भर्खरै लामो निन्द्रा सुतेर उठेजस्तो देखिन्थ्यो हरिपुर, मलङ्गवा र देहातका अन्य साना बजारहरु । ती बजारमा एउटै समानता यो थियो, जहां पनि मिनरल वाटरको बोतलमा पेट्रोल बेच्न राखिएको थियो । र, जहाँ पनि जिलेबी, बुनिया, गाजा, सिङ्गडा, मुरी र कचरीमा धूलोको बास थियो । तर, भोकाएका ग्राहकहरु त्यसको पर्बाह नगरी ठूलो गिलासमा पानी लिएर मुरी कचहरीसंग तेलमा तारिएको हरियो खुर्सानीको ढेडी कर्‍यामकुरूम चपाइरहेका थिए । तीखो पिरोले होला कि गर्मीले, तिनको अनुहारमा पसिनाको मूल फुटेको थियो । मलाई भने त्यो विद्रोहको मूलजस्तो लाग्दै थियो ।

टायलको छाना भएका घरहरु अल्पमतमा पर्दै थिए र तिनलाई जित्दै थिए, टिनका छाना भएका घरले । टायलका छानामाथि टुपुक्क अडिएका फुस्रो कुभिन्डो त्यो चिप्लो टिनको छानामाथि अब कसरी अडिएला भनेर मैले केही बेर गम खाए । माटोले लिपिएर सिनित्त पारिएका भित्तामा कति मज्जाले टांड पारेर सुकाइएको थियो, गुइाठा । अनि, आंगनको छेउमा घुरको थुप्रो देखिन्थ्यो । जब बतास जोडले चल्थ्यो, घुरको धूलो मान्छेको मुखभरि चुम्बन गर्न आइपुथ्यो ।

जाडोको बेला बिहानै गाउं डुल्दा बोराको कपडा लगाएका बाख्रा र गाई–गोरूहरु देख्न पाइन्छ भनेर मलाई बुझाउंदै थिए, मधेस बुझेका पत्रकार चन्द्रकिशोर । उनी अनुभवी स्वरमा मलाई स–साना कुराको अर्थ लगाइरहेका थिए । भन्दै थिए, ‘त्यसरी बोरा ओढेका गाई, गोरू र बाख्राहरु बुर्लुक्क उभिए भने झट्ट हेर्दा बुख्याचाजस्तो पो देखिन्छन् ।’ उफ्रिने बुख्याचाको कल्पनाले समेत मलाई कुतकुती लगायो । तर, कुतकुती मान्नुपर्ने धेरै कुरा मधेसमा थिएनन् । विभेद र दमनको इतिहास बोकेको भूगोलमा मनोरञ्जनका साधन धेरै हुदैनन् ।

पहाडतिर लाज मानेझँ गरेर डाडाको छेल पारेर उदाउंथ्यो सूर्य । मधेसतिर त यसले कत्ति लाज मान्दो रहेनछ । आंखाले हेर्न भ्याउने क्षितिजसम्म सूर्य क्रमश: गोलो, रातो र सुन्ताला रङ्गको भएर आकाशमै बिलाउंदो रहेछ । त्यतिबेला भैँसीमाथि चढेर घर फर्किरहेका गोठालाहरुको अनुहारमा पोतिएको हतारो हेर्न लायकको हुंदो रहेछ । दुई हात फटकार्दै टाउकोमा बडेमानको घांसको भारी बोकेर महिलाहरु कति छिटो हिँड्न सकेका ! महिला यति छिटो छिटो हिँड्न सक्ने गाउामा किन विकास र चेतना भने ढिलो ढिलो हिँडिरहेको होला भन्ने प्रश्नले मलाई त्यतिबेला कोपरिरहेको थियो । तर, म चढेको महिन्द्रा गाडी ठाउा न कुठाउं बेस्सरी उफ्रिन्थ्यो र मेरो दिमागलाई खजमजाइदिन्थ्यो ।

बरहथवा हिँडाउन आाटिएको बूढा गाई र गोरूहरुको बथानमाथि एउटा धोती लगाएको र चप्पल नलगाएको बूढो शासन गरिरहेको थियो । ऊ हातमा रहेको सिर्कटो सुस्तरी हिँड्ने गाई र गोरूको पिठ्यूामा जोडले बजारिरहेको थियो । पीडा भने मलाई भइरहेको थियो । त्यो हेरालु प्रत्येक गाई र गोरूको मूल्यमा आफ्नो नाफा र घाटाको हिसाब गर्दै थियो होला।

देहातका धेरै मान्छे स–साना खुसीमा अल्झेर बांचेका थिए । तिनीहरु कुरा गर्दा लाज मान्थे, प्रश्न सोध्दा मुन्टो बटार्थे । कतिसम्म भने आरामै हुनहुन्छ भनेर सोध्दा पनि तिनीहरु बोल्दैनथे । अपलक हेरेजस्तो मात्रै गर्थे । मान्छेहरु भए नभएका कुरा गर्न कति खप्पिस भइसके । तर, यहांका मान्छे आफू आराम छु कि छैन भन्नेसमेत थाहा पाउंदैनन् । वा, थाहा पाएर पनि बताउन जरुरत ठान्दैनन् । कि तिनीहरुलाई यो कुरा थाहा छ, आफू आराम वा बिसन्चो भएको कुरा नयां–नौला मान्छेलाई बताएर केही हुंदैन ?

धेरै कुरा बुझ्ने मान्छेका अनुहार भने धेरै नै खुम्चिएको थियो । चिन्ताले, व्यग्रताले र उहापोहले । राजनीति बुझ्ने र व्यवहारमा फसेकाहरुको अनुहार पनि ठीक त्यस्तै थियो । नवलपुर र हरीपुरमा भेटिएका टाठा बाठा मान्छे थोरै आफ्ना कुरा गर्थे धेरै मधेसका दु:खका कुरा गर्थे । तिनीहरु बिस्तारै हांस्थे । त्यसरी हांस्दा पान र बिँडीले कालो बनाएका तिनका दांत झनै प्रस्ट देखिन्थे । धूलो उड्ने र नउड्ने दुवै बाटोका छेउछाउमा प्रशस्तै देखिने खाली खोलभित्रका पानपराग र गुटखाले मान्छेको मुखभित्र पसेर आफ्नो कमाल गरिसकेका थिए ।

Jeewan Katipayeफुच्चे नवलपुरको चोकैमा छन्, केही झुपडी होटलहरु । जहां तातो तेलमा पाकिरहेछन, जिलेबी, टोपिया, गांजा र पुरियाहरु । चना र केराउको तरकारी या प्याजको पकौडा र मुरी खानेहरुको बिहानैदेखि सानोतिनो भीडजस्तै देखिन्छ । तिनीहरुमध्ये केही आफू सहभागी आन्दोलनका कारण चम्किएर अगुवा बनेका, सहर छिरेका र गाउं बिर्सेका नेताप्रति कटाक्ष गरिरहेका थिए । कोही भने तिनै नेताका श्रीमतीले सहर पसेपछि अदब गुमाएको तर्कना गर्दै थिए । कुराले रोटी नपाके पनि मान्छेहरु कुरा गरेर र कुरा सुनेर मन बुझाइरहेका थिए ।

लोडसेडिङको अवधि बढेको बेला परेछ त्यो । पूर्व-पश्चिम राजमार्गमा धेरै ठाउामा टुपुक्क टुपुक्क अडिएकाझैँ लाग्ने स–साना बजारहरु देखिन्थे । मानिसहरु यही बजारको विस्तार हेरेर मधेसको विकासको तुलनात्मक अध्ययन गर्छन् । अड्कलबाजीको अध्ययन गर्नेहरु भने यी बजारमा कति घर थपिए, बजारको लम्बाइ कति बढ्यो र जग्गाको भाउ घट्यो कि बढ्यो भन्ने तथ्यहरुको रौँ–चिरा वर्णन गरेर आफ्नो कुरालाई पुष्टि गर्छन् । पथलैयाबाट सुरू भएको पूर्वी मधेस यात्रामा नवलपुर पहिलो बजार होइन, जुन राजमार्गको छेउ पक्रेर उभिन खोज्दै छ । बकैया पुल तरेपछि कोसी नदी नआउन्जेल चन्द्रशमशेरले बसाएको चन्द्रनिगाहपुर र नयााबस्ती, नवलपुर, मिर्चैया, गोलबजार, कञ्चनपुरजस्ता थुप्रै बजार भेटिन्छन् । हेर्दा साना देखिए पनि यिनै बजारको नाडी छामेर मधेसको प्रगतिको गति नाप्ने गरिएको छ, आजसम्म । तर, विकासको दौडमा भने यिनीहरु विभिन्न कालक्रममा कहिले कुन पहिला कहिले कुन पहिला हुने गरेका छन् ।

चन्द्रनिगाहपुरको चोकैबाट एउटा बाटो सुलुत्त सदरमुकाम गौरतिर सोझिएको छ । २०३४ सालमा यो बाटोको शिलान्यास गर्न तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्या पनि आएका थिए । त्यसको सम्झनामा पुलकित भएझैँ गरेर राजालाई नजिकैबाट देखेको, उनको हातमा फूल थमाइदिएको वा छोएको किस्सा सुनाउने प्रौढहरु यहां बग्रेल्ती भेटिन्छन् । चन्द्रनिगाहपुरबाट दक्षिणतिर सोझिने बाटोको बीचमा आउने मझौला आकारको गरूणा बजारलाई मतलबै नगरेझैँ गरेर हामी गौरतिर सोझियौँ । बाटाका छेउछाउमा थिए, खाली खुट्टा सडक र नहरको छेउछाउमा दिसा गर्न बसेका केटाकेटीहरु । तिनीहरु गाडीतिर निहुरी मुन्टी लगाएर हेरिरहेझँै वा माटोमा केही खोस्रिरहेझँै देखिन्थे । बाटोका छेउछाउका घना उखुबारीबाट थकित किसानहरु बयलगाडाभरि उखुका लाक्रा घिसारिरहेका थिए । विसं २०४८ मा गरूणामा चिनी मिल खुलेपछि यहांका धान फल्ने खेतमा उखु रोप्न थालिएको हो । त्यसपछि मात्रै हो, यहााका उखुबारीमा लुकामारी खेलेर केटाकेटीहरु हुर्किन थालेका । त्यसरी हुर्किएका केटाकेटीहरु थोरै मात्रै पढ्छन, धेरैचाहिँ पैसा कमाउन विदेश जान्छन् ।

नवलपुर, हरीपुर र मलङ्गवाका मान्छेमा देखिएको जस्तै छटपटी रौतहटको सदरमुकाम गौरमा पुग्दा पनि देखियो । हामी पुग्दा चर्को घामले सेकिएर सिङ्गो दिन सुस्ताएको गौरमा चहलपहल सुरू हुन थालेको थियो । किनभने, मान्छेको लम्बाइभन्दा तिनको छायाको आकार लामो बनिरहेको थियो । दिनको आयु सकिन थालेकाले होला, टांगाहरु हिनहिनाएका घोडाहरुले दौडाउन थाले । पुराना टेम्पोहरु आफूलाई घिसार्न थाले । स्थानीय पसलहरुमा ग्राहकहरुको भीड बढ्यो । त्यहां दाल, चामल, नुन र तेलको मोलतोल भयो । कोही ठूला झोला कच्याककुचुक पारेर सीमापारिको बैरगनिया बजारतिर सोझिए । जांदा तिनीहरु फुक्काफाल भएर जान्थे । आउंदा तिनीहरु भरिएर आउाथे । पांच वा दस रूपियां हात पारेपछि भने ऊ फेरि सत्य सेवा सुरक्षणम्मा फर्किन्थ्यो ।

गौरभन्दा केही पर भारतमा बैरगनिया बजार छ । त्यसको छाती हुादै पश्चितिर कुद्ने रेलको आवाज गौरसम्म त ठोक्किन आइपुग्दैन । तर, त्यही रेल चढेर आउने गौरमा धेरै कुरा आइपुग्छ । खाद्यान्नदेखि अपराधसम्म । तस्करीको सञ्जालदेखि आफन्तको कोसेलीसम्म । बैरगनिया पुगियो भने देख्न पाइन्छ, गोलामा झुन्डिएका माहुरीझँै रेलमा झुन्डिएका मान्छे र त्यही रेलको टाउकोमा मधुरो अक्षरमा इनामेलले लेखिएको, शुभ यात्राको घुर्मैलो अक्षर ।

सदरमुकाम हुा भन्ने अहम्बाहेक धेरै कुरा बाकी छैन गौरसाग । किनभने, विकासको दौडमा यसलाई चन्द्रनिगाहपुरले जितिसक्यो । त्यही सत्य थाहा पाएर हो कि झँ गरेर गौर सुस्त देखिएको थियो । मधेस आन्दोलनअघि सदरमुकामको बीचमा रहेको बीपी चोकको साइनबोर्ड पहिलो मधेस आन्दोलनलगत्तै हटाइएको थियो र बदलामा त्यहाा मधेसी सहिद चोकको साइनबोर्ड टाागिएको थियो । तर, म पुग्दा त्यो त्यहाा थिएन र चोकको नयां नाम मान्छेको मुखमा झुन्डिएको थिएन । मान्छेहरु त्यो चोकलाई पुरानै नामले सम्बोधन गरिरहेका थिए । मान्छेको नाम फेरेजस्तो रातारात सहरको नाम फेर्नु सजिलो कुरा होइन रहेछ क्यारे । हुन्थ्यो भने प्रत्येक शासकले आफ्नो नाममा सहरका नाम राखिसकेका हुन्थे ।

सहरको एउटा कुनामा म अपलक उभिएको देखेर केही रिक्सावाल र टाागावालले मलाई ‘बीपी चोक चलिए ?’ भनेर सोधे । उत्तरमा मैले ‘नहीँ’ को भावमा टाउको दायाा र बायाा हल्लाएा । उनीहरुले कुरा बुझे र आफ्नो बाटो लागे । कुरा त मैले पनि बुझेँ । चोकको नाम फेरियो कि फेरिएन भनेर ।

सदरमुकामको बीचमा एउटा ठूलो चौर उत्तानिएको छ । जसको नाम नेपालका अखबारहरुमा धेरैपल्ट भङ्गेरे अक्षरमा छापिइसकेको छ । त्यो राइस मिल चौर थियो । जसको छातीमाथि रगतले लेखिएको छ, गौर हत्याकाण्ड । चौरको एउटा छेउमा रहेको पुरानो मिल भत्काइादै थियो । स्थानीय अखबारहरुले खबर छापेका थिए, यसका पाटपुर्जाहरु भारततिरको कुनै व्यापारीले रद्दीको मोलमा किनेको छ । मान्छेहरु अनुमान गर्दै थिए, मिल बिक्री भएपछि यो चौरको नाम राइस मिल चौर रहदैन होला ।

चौरको एउटा कुनामा उभिएकी थिइन्, एउटी अधबैँसे महिला । जसको छोरा राजनीति गर्न नजानेर त्यही चौरमा छातीमा बासको भाटा रोपिएर मरेको थियो र मृत्युको केही हप्तापछि मात्रै मौन धारण गर्ने फुर्सद नेताहरुलाई भएको थियो । त्यही अवसरमा ती एकाध नेताले मृत्युलाई बलिदानीको रङ्ग दिएर चर्को स्वरमा भाषण गरेका थिए । राजनीतिको भाषा नबुझे पनि ती बूढी आमाले छोराको मृत्युको कारण नबुझ्ने प्रश्नै थिएन । किनभने, उनले त्यसको सासलाई हुर्काएर राखेकी थिइन् । सुस्तरी पाइताला चालेर म तिनको छेउमा पुगेँ । उनको छोराको उमेर सोधिन, पेसा सोधिन । तर, मृत्युको मूल्य सोधेँ । बदलामा तिनले उत्तरभन्दा धेरै आंसु बगाइन् । गौरलाई हेरेर, यसको तातो छामेर, यसका छातीमाथि केही थान पाइताला बजारेर म सहरबाट किनार लागँ ।

दिउंसो चर्को तातो झेल्दै हामी भोलिहया गाविसको पिपरा गाउं पुग्यौँ । मान्छेहरु पातलो कुटले तातो हावा हल्लाइरहेका थिए । हावाजस्तै तातो थियो, तिनीहरुको असन्तुष्टि पनि । त्यहाा भेटिएका तन्नेरीहरुको अनुहार राजनीतिका कुरा गर्दा झन् धेरै तातिरहेको थियो । तिनीहरुलाई धेरै कुरामा चित्त बुझिरहेको थिएन । चित्त नबुझेका कुराको सूची यति धेरै लामो थियो कि त्यसलाई सुनाउने धैर्यसमेत उनीहरुमा थिएन । थिचिएको इतिहास र कचल्टिएको राजनीतिको परिणाम सायद त्यस्तै हुन्छ होला ।

सापकोटाको निबन्धकृती ‘जीवन कतिपय‘ सोमबार शिल्पी थिएटर वत्तीसपुतलीमा विमोचन हुँदैछ ।

One thought on “मधेसको मानचित्र

  1. यो जनक राज भन्ने शासकबर्ग र अरु को पहिचान माथि बलात्कार गर्ने मधेशी को ठुलो समर्थक रहेछ ! येश को आखाले मदेश देख्यो मधेसी देख्यो तर त्येही समाज भित्रै चेपिएर रहेको थारु देखेन, कोचिला देखेन अवधि देखेन ! केवल देख्यो त मधेसी देख्यो ! चिप्ला कुरा हरु को सब्दजाल ओछ्छ्यायेर मधेसी सेन्टिमेन्ट लिन जानेको तर त्येही भित्र रहेको थारु समाज र अन्य जाति को समाज लाइ यात तिरस्कार गर्नु या मधेसी सब्द जाल भित्र पार्दै पहिचान बलात्कारी हरु को मतियार बन्नु मै आफ्नो भलाइ देख्यो ! तराइ लाइ मधेश भन्ने र सबै तराइ बासि लाइ मधेसी भन्ने सबै बाइफाले आमा का सन्तान हुन् ! जसलाई आफ्नै बाउ को पहिचान छैन त्येश ले अरु को पहिचान लाइ किन सम्मान गर्थ्यो ? पहाडिया हो मुख सम्हालेर बोल !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *