पुस २८ गते थरुहट बन्दको घोषणा, माघ ५ गते नेपाल बन्द

Gopal Dahitसत्तारुढ दल कांग्रेस-एमालेले प्रक्रियामा गएरै भएपनि माघ ८ मा संविधान जारी गर्ने अडान लिइरहेपछि सहमतिबाट संविधान जारी गर्नुपर्ने पक्षमा रहेका एमाओवादीसहित ३० दलले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार साँझ एमाओवादी संसदीय दलको कार्यलयमा बसेको ३० दलीय मोर्चाले आम हड्तालसहित नेपाल बन्दको कार्यक्रम घोषणा गरेको मोर्चाका सदस्य तथा थरुहट तराई पार्टीका साभसद् गोपाल दहितले जानकारी दिए।

सत्तापक्ष दलले पेलेरै जाने रणनीति बनाएको निष्कर्ष निकाल्दै मोर्चाले सहमतिमा संविधान जारी गर्न दबाब दिने भन्दै पुस १९ देखि माघ ५ सम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। जसअनुसार पुस १९ गते ७५ वटै जिल्लामा प्रदर्शनसहित आमसभा गर्ने, पुस २५ मा खप्तड र खसानमा आम हड्ताल गर्ने, पुस २७ गते खम्बुवान, लिम्बुवान, तमुवान र मगरात प्रदेशमा गर्ने, २८ गते थरुहट र मधेस (पुर्वमेचीदेखि महाकाली) बन्द गर्ने, २९ गते नेवा र ताम्सालिङ बन्द गर्ने र माघ ५ गते आमहड्तालसहित नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको दहितले जानकारी दिए।

बैठकले संविधानसभामा प्रतिनिधित्व गर्ने १९ र संविधानसभा बाहिर रहेका ११ दलको संयुक्त मोर्चा गठन गरेको छ। केही दिन अगाडि एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक गठबन्धनले आन्दोलनको कार्यक्रम तय गर्न नौ सदस्यीय कार्यदल गठन गरेको थियो। सो कार्यदलले आजको बैठकमा आन्दोलनका खाका पेश गरेको थियो।

Morcha

सोही आन्दोलनको खाकालाई बैठकले पारित गरेको एक नेताले जनाए। बन्दको मार्फत नै संविधान निर्माणको बाधक को हुन भनेर जनतामा जानुपर्ने कार्यदलले प्रस्ताव गरेको थियो। आन्दोलनका कार्यक्रम समयमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले भएकाले यो विचमा सहमति भए आन्दोलनका कार्यक्रम स्थगित हुने एक नेताले जनाए। ‘आन्दोलन घोषणा गरेर संविधान निर्माण प्रक्रियाबाट भाग्न खोजिएको होइन,’ दहितले भने,’सहमतिको लागि दबाब दिन आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो।’

Leave a Reply

Your email address will not be published.