जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै

padma-ratna-tuladhar

पहिचानसहितको संघीयताका लागि सम्झौताहीन निर्णायक आन्दोलन गर्ने भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले शुभेच्छुकहरुसँग चन्दा तथा आर्थिक सहयोग आह्वान गरेको छ। पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनका लागि विदेशस्थित जनजाति संघ संस्थाहरुबाट आर्थिक संकलनको अभियान शुरु भएको हो।

पहिलो चरणमै बेलायतबाट १८ लाख रुपैयाँ आर्थिक सहयोगको प्रतिवद्धता आइसकेको र अन्य देशबाट पनि सोही अनुसार पैसा संकलन भइरहेको समितिका सदस्य संघीय समाजवादीका नेता आङकाजी शेर्पाले जानकारी दिए।

उनका अनुसार युरोप, अमेरिका र खाडी मुलुकबाट पनि आर्थिक संकलनको खबर आइरहेको र उत्साहजनक रुपमा चन्दा सहयोग भएको छ।

जनजाति आन्दोलन सञ्चालनका लागि नबिल बैंकमा खाता खोलेर पैसा संकलन गर्न थालिएको आन्दोलन समितिका प्रवक्ता डा. ओम गुरुङले बताए । ‘पैसा त धेरै नै चाहिने रहेछ, अब संकलन हुँदैछ,’ उनले भने।

पद्मरत्न तुलाधर, शान्ति जिरेल र नरेश ताम्राकारको संयुक्त नाममा खाता खोली आर्थिक संकलन थालिएको छ । ‘प्रतिवद्धता धेरै ठाउँबाट आएका छन्, पैसा संकलन हुँदैछ,’ गुरुङले भने, ‘अहिले चाहिँ व्यक्ति र संस्थाहरुले खर्च गरिरहेका छन्।’

समाचार/तस्बिर : अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.