लक्ष्मण थारुले खोले एक करोड लगानीमा ‘थारु भिलेज’

Tharu Village-3

राजधानीमा ‘थारु भिलेज’नामक होटल सञ्चालनमा आएको छ। थरुहट नेता लक्ष्मण थारुले राजधानीको विजुली बजारमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्। एक करोड लगानी रहेको उक्त होटलमा थारु परिकार तथा थारु संस्कृतिको मजा लिन सकिने लक्ष्मण थारुले बताए। उनका अनुसार हरेक शुक्रबार साँझ थारु नृत्य प्रस्तुत गरिनेछ।

Tharu Village-4
होटल तथा रेस्टुराँ दुवै सञ्चालन गरेका थारुले घोङी/ढिकरीलगायतका विशेष परिकारको पनि व्यवस्था भएको बताए। होटलमा सेमिनार हल, सुविधानयुक्त १५ वटा डिलक्स कोठा पनि छन्।

Tharu Village-7
त्यस्तै पोखरा, चितवनलगायतका ठाउँका लागि टुर प्याकेजको पनि व्यस्था भएको थारुले बताए।
Tharu Village-8

होटलभित्रको डिलक्स कोठा।

Tharu Village-5

रेस्टुराँमा बार।

Tharu Village-6

भान्साकोठा।

Tharu Village-1

थारु नृत्य देखाउँदै कलाकार।

Tharu Village-2

थारु भिलेजको मेनु।

5 thoughts on “लक्ष्मण थारुले खोले एक करोड लगानीमा ‘थारु भिलेज’

  1. युवा स्वरोजगार र आर्थिक उन्नतिको लागि आर्थिक क्रान्ति गर्नु राम्रो काम हो । अनी त्यसमा पनि आफ्नै जाती र समुदायको सँस्कृतिको संरक्षण गर्नु एकदमै सारहनिय कार्य हो । तर यो थारु भिलेज को नाउमा लक्ष्मण थारुले खोलेको रेस्तुरेन्ट कालो पैसा लाई सेतो बनाउने उपाय मात्र हो ।

  2. लक्षमणजी लाई हार्दिक बधाई तथा थारु भिलेजको सफलताको हार्दिक शुभकामना…!

  3. सबै कुरा सकारात्मक छ । तर secial tharu food कस्तो खाना हो ? बुझ्न् अलि गाह्रो भो । कि social भन्ने खोजेको हो कि ?

  4. थारु परिकार, थारु सस्कृतिलाई व्यवसायिक गराउने एउटा राम्रो कदम…

    थाइलेडंको- मस्सामान करी,
    इटालीको- पिज्जा ,
    मेक्सिकोको-चकलेट
    जापानको- शुशी
    चीनको- पेंकिंग डक
    जर्मनीको-हमबर्गर
    मलेसियाको-पेनाङ्ग अस्साम लक्सा
    अमेरिकाको- आइसक्रीम, डोनत, बार्बिक्यु
    ईरानको- कबाब
    स्पेनको-सी फूड
    इंडियाको- मसला दोसा
    हुन्छ भने थारुको ढिकरी, अन्दिक भात(चिच्चर),सुरिक पकुवा, घोंघी, सुतही, किन नखाने

    “सल्षा, सेलो, दोहारी” मा झुमिन्छ भने “सखिया, लात्थिहावा नाच, मुग्रहावा, महुतिया नाच, भर्ताल नाच, झुम्रा नाच ” मा किन नझुम्ने??????

    लगानी कहाँ बाट जुटाए त्यतातिर लागिन म, अनेकौ पार्टीका नेता तथा रातारात करोर पति उद्योगपति हुनेहरुले लगानी कहाँ बाट ल्याए होलान ? त्यो सम्पति सुद्धिकरणको बिषय होला, थारु परिकार गीतबाँस लाइ व्यावसायिक बनाउने प्रयास गरेकोमा बधाई तथा शुभकामना दिन चाहन्छु…एक दिन मौका मिलाएर झुम्रामा झुम्न पक्कै आउनेछु

  5. dherarai dherai badhai 6 safalta ko sikhar 6una pugosh ..hami tharu jati ko lagi dherai nai khusiko kura ho haol bidesh 6u afno desh farkine bela ma afnai tharu parikar paune vayou… hal doha qatar contact no.pani rakhema ajha ramro hone thiyo.

Leave a Reply

Your email address will not be published.