पहाड जतिकै प्रदेश तराईमा हुनुपर्छ : धनिराम चौधरी

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले थाकसको बटमलाइन परिवर्तन नभएको बताएका छन्। उनले संघीयताको सबालमा पहाडमा जति प्रदेश बनाइन्छ, त्यति नै प्रदेश तराईमा पनि बनाइनुपर्ने अडान कायमै रहेको बताए। केही मिडियामा सभाले ४ प्रदेशको खाका बोकेको समाचार आएकोप्रति ध्यानाकर्षण गराउँदै उनले सभाको अडान कायमै रहेको बताए। 

उनले चुरेसहितको तराई र तराईका कुनै पनि जिल्ला पहाडमा मिसाइन नहुने बताउँदै पहाड जतिकै प्रदेश  तराईमा बनाउने पर्ने दोहोर्‍याए। मंसिर २५, २६ र २७ गते हुने थाकसको राष्ट्रिय भेलामा पनि यही ऐजेन्डा बोकेर सभा अगाडि बढ्ने उनले बताए।

Leave a Reply

Your email address will not be published.