हङकङसँग नेपाल २ विकेटले पराजित

काठमाडौ- श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग आज खेलेको टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पराजय व्यहोरेको छ । टस हारेर व्याटिङ गरेको नेपालले बिर्सनलायक प्रदर्शन गर्दै ७२ रन मात्रै जोड्यो । जवाफी व्याटिङमा उभित्रएको हङकङले एक बल बाँकी छदा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालको लागि सोमपाल कामीले बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ३१ बल खेलेका सोमपालले ६ चौका र दुई छक्कासहित नेपालको इज्जत जोगाएका थिए । सोमपाल क्रिजमा आउदा नेपालको २५ रन मात्रै थियो ।

नेपालका ओपनरद्वय सुबास खकुरेल र नरेश बुढाएर क्रमश २ र ५ रन बनाएर आउट भएका थिए । कप्तान पारस खड्का शून्य रनमा आउट भए । नेपालले दोस्रो ओभरमा नौ रन मात्रै बनाएको अवस्थामा खकुरेल गुमाएको थियो भने १२ रन जोड्दा सागर पुन आउट भएका थिए । उनले व्यक्तिगत २ रन मात्रै जोडे । २५ बल खेलेका शक्ति गौचनले ५ रन मात्रै जोडे ।

दोस्रो इनिमा नेपालले राम्रो बलिङ गरेर हङकङलाई रोक्ने प्रयास गरे पनि अनस खान र अइजाज खानले २१-२१ रन जोडेपछि नेपालको आशा समाप्त भयो । हङकङका ओपनर वाकस बर्कतलाई अमृत भट्टराईले दोस्रो ओभरमा आउट गरेका थिए । लगत्तै अट्किन्सनलाई शक्ति गौचनले बोल्ड गरे । हङकङका तीन व्याट्सम्यान शून्य रनमा पवेलियन फर्किए पनि खानद्वयले हङकङको योगफल बढाउन भूमिका खेले ।

नेपालको लागि पुन र गौचनले २-२ र सोमपाल र कप्तान खड्काले १-१ विकेट लिए ।

सोमपालको कीर्तिमान

Sompal-kamiनेपालका सोमपाल कामी अन्तराष्ट्रिय मान्यताप्राप्त टी-२० क्रिकेटमा दशौं नम्बरमा आएर एकै इनिङमा सर्वाधिक रन जोड्ने ब्याट्सम्यानको किर्तिमान बनाएका छन् । उनले सोमबार कोलम्बोमा हङकङ बिरुद्धको खेलमा दशौं नम्बरमा आएर ४० रन बनाएका थिए । यसअघि यो रेकर्ड अफगानिस्तानका हमिद हसनको नाममा थियो । उनले २२ रन बनाएका थिए । नेपालका टप अर्डर ब्याट्सम्यानले निकै खराब प्रदर्शन गरेको खेलमा सोमपाल एक्लैले नेपाललाई २५ रन बनाउँदा ८ विकेट गुमाएको अबस्थाबाट ७२ रनसम्म पुर्‍याए । ११.५ ओभरमा बसन्त रेग्मी ३ रनमा आउट भएपछि दशौं नम्बरमा आएका उनले आक्रामक ब्याटिङ गर्दै केबल ३१ बलमा ४० रन बनाए । यसक्रममा उनले नेपाल इनिङको पहिलो चौका प्रहार गर्दै टीमलाई हौसला दिए । आज उनले ६ चौंका र २ छक्कासहित ३१ रन जोडे । अन्तिममा ब्याटिङ गर्न आएका उनले निकै कुसलतापूर्वक ब्याटिङ गरे । उनले तेस्रो ओभरमा बाबर हृयातको विकेट लिए ।

Leave a Reply

Your email address will not be published.