काठमाडौं- नेपाल आयल निमगले सोमबार पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाइएको छ । उपभोक्ताले अब पेट्रोलको प्रति लिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजल/मट्टतिेलको ९९ रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ ।
निगम प्रवक्ता मुकुन्द घिमिरेले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि त्यही अनुसार यहाँपनि समायोजन गरिएको बताए । असोज-१३ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरिएपछि चौथो पटक मूल्य घटाइएको छ । चार पटकमा गरी पेट्रोलमा प्रति लिटर ८ र डिजल/मट्टतिेलमा ६ रुपैयाँ घटाइएको घिमिरेले जनाएका छन् । उनले अहिलेको मूल्य समायोजनपछि निगमको मासिक नाफा १८ करोड ३७ लाख हुने प्रक्षेपण गरिएको बताए ।
नेपाल आयल निगम सधैं घाटामा जाने कम्पनी हो। अब निगमका प्रबक्ता मुकुन्द घिमिरेका अनुसार अहिलेको मूल्य समायोजनपछि निगमको मासिका नाफा १८ करोड ३७ लाख भए पछि पश्चिमबाट सुर्य उदाए जस्तो हुनेछ जुन दिन यस्तो हुन्छ। यदि यस्तो भयो भने मुलुक त्यसै धनी हुने भयो। जे होस् ईन्धनको मूल्य घट्नु राम्रो हो। हामी गरीब जनतालाई अझै घटिदिए त राम्रो हुने थियो। मट्टितेलबाट दिनहुँ ६ रुपैयाँ बचत भए भने पनि एक महिनामा १८० रुपैयाँ बचत हुने भयो। त्यो बचेको पैसाले स्कूल जाने मसिना नानीहरुको लागि कापी र पेन्सील किन्ने मेलो त हुन्छ।
अहिले गरिब जनताका छोराछोरीलाई सरकारले निःशुल्क पुस्तक/किताब त दिन्छन् तर मात्र किताबले पढाई लेखाई पुरा हुँदैन। सरकारले कापी र कलम पनि निःशुल्क वितरण गरि दिनु पर्यो। साथै नानीहरुको लागि लिइने परीक्षा शुल्क सरकारले छुट गरि दिनु पर्यो। प्रत्येक ६/६ महिनामा सरकारले स्कुले नानीहरुलाई २/२ जोडी लुगाहरु अनिवार्य दिनु पर्यो। अनि मात्र मुलुकमा गरिब जनताका नानीहरुले साक्षर हुने मौका पाउछन्। मुलुकको जनता राम्रोसंग शिक्षित भयो भने फाइदा देसलाई छ। त्यसैले सम्बन्धित सरकारी निकायको ध्यान यतापट्टि जानु नितान्त आबश्यक देखिएको छ।