थाकस २१औं महाधिवेशन : आर्थिक प्रतिवेदनमा नोक्सानै नोक्सान

Banda Satra-2

बन्द सत्रकै क्रममा कोषाध्यक्ष डम्बर चौधरीले तीन वर्षको आर्थिक प्रतिवेदन प्रस्तु गरेका छन्। आर्थिक वर्ष २०६७-६८ मा दस लाख ६८ हजार कारोबार गरेको सभाले दुई लाख ४७ हजार नोक्सान ब्यहोरेको प्रतिवेदनमा उल्लेख  छ।

त्यस्तै आर्थिक वर्ष २०६८-६९ मा ६ लाख ६४ हजार कारबार गरेको सभाले २१ हजार खुद नाफा गरेको प्रतिवेदनमा देखाएको छ। त्यस्तै २०६९-७० मा ५ लाख ४५ हजार कारोबार गरेको सभाले २१ हजार ९ सय नोक्सान भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै २०७०-७१ मा ६ लाख १९ हजार कारोबार गरेको सभाले साढे ६ हजा। नोक्सान भएको प्रतिवेदनमा उल्लेख गरेको छ।

आर्थिक  प्रतिवेदनउपचर जिल्लाका प्रतिनिधिहरुले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्।

….

थारु कल्याणकारिणी सभा २१औं महाधिवेशनको दोस्रो दिन बन्द सत्र सुरु भएको छ। बन्द सत्रमा महामन्त्री माझिलाल थनेत थारुले प्रतिवेदन पेस गरेकै बेला प्रतिनिधहरुले होहल्ला गरेका छन्। प्रतिनिधिहरुलाई प्रतिवेदन नदिइकनै महामन्त्रीले प्रतिवेदन पढेपछि हो हल्ला भएको थियो। बन्द सत्रमा अहिले कविता वाचन भइरहेको छ।

Banda Satra

 

बुधबार वीर्तामोड नयाँ बसपार्कमा २१औं महाधिवेशनको उद्‍घाटन सत्र सम्पन्न भएको थियो। प्रधानमन्त्री सुशील कोइरालाले कार्यक्रमको उद्‍घाटन गरेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.